काठमाडौं । नेपाल पर्यटन बोर्डमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि ४ दिनका लागि काम कारबाहीहरु बन्द गरिएको छ ।

बोर्डमा गत असोज २५ र २६ गते केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएका अन्य कर्मचारीहरुमा कोरोना संक्रमणको जोखिम भएकाले ट्रेकिङ प्रमिट बाहेकका सेवाहरु बन्द गरिएको बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिए ।

साथै कार्यालयको निर्मलीकरण तथा कोरोना परीक्षण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयभित्र कुनै किसिमको भेटघाट तथा कार्यक्रम नगर्ने नगराउने समेत उनले बताए ।

बुधवार (आज) बाट ४ दिनको लागि ट्रेकिङ प्रमिट बाहेकका सेवाहरु पूर्णरुपमा बन्द रहनेछन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर