काठमाडौं । गृह मन्त्रालयले यस वर्षको नवरात्रीमा देश कुनैपनि मठमन्दिर तथा शक्तिपीठहरुमा नखोल्न निर्देशन दिएको छ ।
कोरोना संक्रमणको जोखिम रहने भन्दै गृहले बिहीवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो ।
गृहले एक परिपत्र जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णय नगरेसम्मका लागि मठमन्दिर तथा शक्तिपीठहरुमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन खोल्नका लागि निर्देशन दिएको छ ।
कोरोना जोखिमलाई मध्यजनर गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले असोज दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै सीसीएमसीलाई प्रस्ताव पठाएको थियो । तर त्यस बाहेक कुनैपनि निर्णय आएका छैनन् ।
Discussion about this post