MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जाजरकोटमा जुस उत्पादनको तयारी

मधेशटप by मधेशटप
२०७७ आश्विन ३०, शुक्रबार १४:३६
0
जाजरकोटमा जुस उत्पादनको तयारी

काठमाडौं । जाजरकोटमै सुन्तला र जुनारको जुस उत्पादनका लागि गृहकार्य शुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुन्तला जोन) जाजरकोटको सहयोगमा रातो पाण्डा कृषि सहकारी संस्था लिमिटेडले सदरमुकाममा जुस उत्पादन कार्य शुरु गर्न लागेको हो ।

सुन्तला र जुनारको लागि भेर्‍या, कुशे, नलगाड र छेडागाड पकेट क्षेत्रको रुपमा रहेको छन् । जिल्लाको कुशे गाउँपालिकाको दम्दाला, डाँडागाउँमा प्रशस्त सुन्तलाखेती हुँदै आएको छ । सुन्तला बिक्रीबाट मात्र यहाँका किसानले करोडौँ रुपैयाँ आम्दानी गदै आएका छन् । मध्यपहाड रहेको जाजरकोटमा सुन्तला जोन विस्तारसँगै परम्परागत रुपमा सुन्तलाखेती गर्दै आएका किसानलाई राहत पुगेको छ । विभिन्न थरिका रोग तथा अन्य कारणले सुन्तलामा हुँदै आएको हानीसमेत हल गर्न मद्दत पुगेको किसान भक्तबहादुर ओलीले जानकारी दिए ।

स्थानीय उत्पादनलाई जोड दिई किसानलाई आत्मनिर्भर बनाउन सबै खालको सम्भावनाको खोजी गरी काम तीव्रगतीमा भइरहेको जोन कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए । वर्षेनी नयाँ आधुनिक घार र प्रविधिसहितको सामग्री किसानलाइ उपलब्ध गराउँदै जोन कार्यालयले किसानको उत्पादन वृिद्धका साथै नयाँ विधिको प्रयोग समेत बढाएको प्रमुख बस्नेतले जानकारी दिए ।

अघिल्लो वर्ष मात्र लागू भएको माहुरी जोनले जिल्लाका भेरी र नलगाड नगरपालिमामा राम्रो प्रभाव पारेको छ । नलगाड नगरपालिकाभित्रका बजारमा जुनसुकै समयमा पनि मह पाइने वातावरण सिर्जना भएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । जोन कार्यालयसँगको सहकार्यसँगै नगरपालिकाले आफ्नो क्षेत्रभित्रका १, २ र ४ वडालाई मौरीको पकेट क्षेत्र घोषण गरी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यस्तै वडा नं ३ लाई सुन्तलाको पकेटक्षेत्र घोषण गरेको छ । मौरीपालनको अवस्था र किसानको माग अनुसार जोन कार्यालयले वर्षेनी ५० प्रतिशत अनुदानमा आधुनिक घार वितरण गर्दै आएको प्रमुख बस्नेतले जानकारी दिए । जिल्लामै घार उत्पादन गरी स्थानीय उत्पादनलाई सहयोग गर्ने उद्देश्यले परियोजना कार्यालयले तीन उद्योगलाई सहयोग गरी मौरी घार उत्पादन स्रोतकेन्द्रका रुपमा विकास गर्न लागिएको छ । परियोजनाको सहयोगमा कुशे गाउँपालिका–५ दम्दालास्थित प्रगतिशील युवा कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा सौर्य शक्तिबाट सुन्तला भण्डारणको काम शुरु भइरहेको परियोजनाले जानकारी दिएको छ ।

सो ठाउँमा ५ देखि १० टन सुन्तला भण्डार गरी फागुन–चैत महीनामा बजारीकरण गर्न सकिने छ । परियोजना सदरमुकाम खलङ्गामा जाजरकोट कोसेली एण्ड सप्लायर्समा कोसेली घर स्थापना गरेको छ । कोसेली घरमा मह, सुन्तला, टिमुर, अदुवा र बेसार जस्ता स्थानीय उत्पादन एकै ठाउँबाट पाइने गरेको छ ।

त्यस्तै परियोजना लागू भएका ठाउँका ३१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराएको परियोजनाको दाबी छ । कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनको सहयोगमा परियोजना कार्यालयले जाजरकोटमा मौरीपालन, उत्पादनका विषयमा सामाजिक तथा आर्थिक अवस्थाको अध्ययन, विश्लेषण समेत भएको छ । त्यस्तै विश्वविद्यालयले बगैँचा विकासका लागि अध्ययन गरिसकेको छ ।

एक सय ३० हेक्टर सुन्तलाको थप विस्तार भएको बताइएको छ । जिल्लामा अझै अन्य जातको पनि जोन विस्तारका लागि पहल भइरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । ओखर, भटमास र मकैको लागि पनि गृहकार्य शुरु भएको उनको भनाइ छ । सुन्तला उत्पादन स्थल र मौरी पालन स्थलमा सडक निर्माणको काम समेत भएको छ ।

नेपालको कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार रहेको छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार नेपालको कृषि जमिनको औसत आकार ०.६८ हेक्टर र प्रति कित्ताको औसत आकार ०.२१ हेक्टर रहेको छ । खण्डिकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखीखेती प्रणालीको अवलम्बन गरिँदै आएको र कृषि विकासका लागि भएका सरकारी प्रयास सीमित स्रोत र साधनका कारण एकीकृत रुपमा नभइ छरिएर जाने गरेकाले प्रतिफलमुखी हुनसकेका छैन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आव २०७३-७४ देखि लागू भएर १० वर्षको लागि सञ्चालनमा ल्याइएको छ ।

परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र वृहत्तर व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम छन् ।

परियोजना दस्तावेजमा उल्लेख भए अनुसार आव २०७४ मा देशभर ७४ जिल्लामा ३९ बाली वस्तुमा एक हजार ९३१ पकेट, ७३ जिल्लामा १४ बाली वस्तुमा १४३ ब्लक, ३० जिल्लामा जोन र प्रत्येक प्रदेशमा एक-एक गरी सात वटा बाली बस्तुमा सात सुपरजोन स्थापना भई कार्यक्षेत्र शुरुआत भएको हो ।

परियोजनाको आव २०७४-७५ मा ३९ जोन तथा १० सुपरजोन तथा आव २०७५-७६ मा ६९ जोन तथा १४ वटा सुपरजोनमार्फत लक्षित कार्यक्रम सञ्चालन गरिएको परियोजना निर्देशक वैकुण्ठ अधिकारीले जानकारी दिए ।

Source: रासस
Previous Post

नवरात्रिमा कुनैपनि मठमन्दिर तथा शक्तिपिठहरु नखोल्न गृहको निर्देशन

Next Post

प्रदेश -२ राज्य मन्त्री द्वारा ६५ औ नेपाल प्रहरी दिवसको शुभकामना

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ आश्विन ३०, शुक्रबार १४:३६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ आश्विन ३०, शुक्रबार १४:३६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ आश्विन ३०, शुक्रबार १४:३६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ आश्विन ३०, शुक्रबार १४:३६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ आश्विन ३०, शुक्रबार १४:३६
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ आश्विन ३०, शुक्रबार १४:३६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति