काठमाडौं । नवरात्रलाई कुनै पनि प्रकारको पूजापाठका लागि विशेष मानिन्छ ।
तपाई पनि नवरात्रीमा मन्त्रको जप गरेर आफ्नो मनोकामना पूरा गर्न सक्नुहुनेछ । आज हामी तपाईलाई नवरात्रमा यी दुई वटा मन्त्र जप गरेमा के लाभ मिल्छ भन्ने बारेमा जानकारी दिनेछौँ ।
नवरात्रमा ओं एं ह्रीं क्लीं चामुण्डायै बिच्चे
यो मन्त्रबाट आदिशक्ति देवी भगवतीको उपासना गरेमा माता प्रसन्न भएर मनोवाञ्छित फल दिने गर्नुहुन्छ । यो मन्त्रको जप आरम्भ गर्नुपूर्व भने कोहि विद्वानसँग पूजा विधि जान्न आवश्यक छ ।
त्यस्तै अर्को मन्त्र हो
ओँ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो योनः प्रचोदयात् ।।
नवरात्रीमा यो मन्त्र २४ हजार जप गरेमा मनोकांक्षीत फल प्राप्त हुन्छ ।
Discussion about this post