काठमाडौँ : जनतान्त्रिक तराई मुक्ति मोर्चाले अनौठो तरिकाले “अन्तर संगठन शुभकामना संदेश” जारी गरेको छ, पहिला सम्पूर्ण देशवासीका नाममा शुभकामना संदेश जारिएको भन्दा एकदमै भिन्न “अन्तर संगठन शुभकामना संदेश” रहेको देखिएको छ,दुबै सन्देश यस प्रकार रहेका छन् :-“अन्तर संगठन भावना-पत्र”प्रिय सह-योद्धा मित्र-बन्धुहरु;दशै र होली एकसाथ मनाईरहेको अनुभुतीका साथ आजको दिन तपाईहरुलाई पत्र लेख्दै छु !प्रदेश नं २ को संवेदनशीलता र राज्यको गैरजिम्मेवारीपनलाई मध्यनजर गर्दै “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को विशेष जिम्मेवारी एवं अधिकारका साथ “मातृभूमि नै कर्मभूमी” भन्ने भावनाले ओतप्रोत भई गृहकार्य क्षेत्र बनाएका जनतान्त्रिक परिवारका कर्मयोगी योद्धाहरुलाई म उक्त परिवारको अभिभावक/मित्रबन्धु/कमान्डर/प्रधानसेवक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) सबैलाई बडा-दशैको शुभकामना व्यक्त गर्दै “अभिवादन/धन्यवाद” दिन चाहन्छु !राकेश मिश्रा जी, अजय झा जी, मनोज कुमार मण्डल जी, सबिता यादव जी, रिंकु झा जी, दानी सिंह जी, राम प्रसाद पटेल जी, चन्द्र शेखर जी, मुन्ना यादाव जी (भाइ), प्रमित झा जी (भाइ), रोहित झा जी (भाइ) लगायतका मित्रबन्धुहरुले समहालेको कमान्डको सुक्ष्म अध्यन गर्दा उत्साहित भएको छु, धन्यवाद छ सबैलाई ! यसरी नै अनुभवी वरिष्ठ मित्रहरु (संगठन र समाजका अग्रज) को अनुभव/अनुरोध/अपील/निर्देशन/कार्ययोजना लाई अनुशासित रुपमा अगाडी बढाउनु हुनेछ भन्ने आशा र विश्वास राखेको छु !हामी लक्ष्यको “श्यन-कक्ष” को ढोकामा उभिएका छौँ, मात्र एक-धक्का ढोका भत्किने छ र “हामी जीतको होली खेल्ने छौँ !”सहिदहरुको सहादत, मातृभूमिको ऋण र समाजको भातृत्वलाई सम्मान दिलाउन “मात्र एक-धक्का” !जय क्रान्ति !! जय जनता जय जनतन्त्र !!तपाईको उहि ,
डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा
)#राष्ट्रियनागरिकआन्दोलन२०७७ad2020
#राष्ट्रियनागरिकआन्दोलन२०७७
#राष्ट्रियनागरिकआन्दोलन #राष्ट्रबचाउअभियानमिति :- ०१/०७/२०७७https://www.youtube.com/embed/Q8U4Ri2qVPw?feature=oembed
Discussion about this post