MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

१३ हजार बेरोजगार युवाद्वारा व्यवसायका लागि इच्छापत्र पेश

मधेशटप by मधेशटप
२०७७ कार्तिक ४, मंगलवार १२:३२
0
१३ हजार बेरोजगार युवाद्वारा व्यवसायका लागि इच्छापत्र पेश

बैतडी । कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजारले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको आह्वानमा बैतडीका १३ हजारले इच्छापत्र पेश गरेका हुन् ।

कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमार्फत उक्त सङ्ख्या बेरोजगारले इच्छापत्र पेश गरेका हुन् । जसमा कृषि ज्ञान केन्द्रमा एक हजार ४०० ले इच्छापत्र पेश गरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमा ११ हजार ६०० ले इच्छापत्र पेश गरेका हुन् । मन्त्रालयको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहबाट इच्छापत्र प्राप्त कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । उनले भने, “इच्छापत्र पेश गर्नेमा बढीजसो तरकारी र फलफूल खेती गर्न चाहने रहेका छन् ।”

कोरोना महामारीले रोजगारी गुमाएका र इच्छा पत्र पेश गरेको व्यक्तिद्वारा १५ दिनभित्र प्रस्ताव माग गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । कोभिड–१९ को प्रभावले रोजगारी गुमाएर फर्केका र इच्छापत्र पेश गरेका युवालाई छिटो आम्दानी हुने कार्यक्रममा ५० प्रतिशत अनुदान दिइने बताइएको छ । प्रस्ताव पेश गर्दा विदेशबाट फर्केर १४ दिन क्वारेन्टाइन बसेको, स्वास्थ्य परीक्षण गरेको प्रमाण पत्र, कारोवार गर्न चाहने भए जग्गाधनी लालपुर्जा र गर्न चाहेको कामसहित प्रस्ताव पेश गर्नुपर्ने बताए । अनुदान दिँदा एक व्यक्तिलाई ६० हजारसम्मको व्यवसायको लागि ५० प्रतिशत अनुदान दिइने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस्तै पशु सेवा विज्ञकेन्द्रमा इच्छापत्र पेश गर्नेमा बढीजसो बाख्रापालन, कुखुरापालन, गाईभँैसीपालन गर्ने रहेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रका निमित्त प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए। उनले भने, “प्रस्ताव पेश गर्न तिहारलगत्तै १५ दिने सूचना आह्वान गर्छौं, व्यवसाय हेरेर अनुदान रकम प्रदान गरिने छ ।” कोरोनाको प्रभावले चैत महिनायता रोजगारी गुमाएकाले उक्त कार्यक्रममा सहभागी हुन पाउने जनाएको छ । प्रमाण पुगेमा सबैलाई अनुदान दिइने बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको हो । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आव २०७७÷२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो । मन्त्रालयले कृषि क्षेत्रमा केही गर्न चाहने तथा कृषिमै सम्भावना देखेका व्यक्तिलाई राहत प्रदान गर्ने कार्यक्रम ल्याएको हो । जसको लागि प्रदेशको नौवटै जिल्लाका ८८ वटै स्थानीय तहबाट इच्छापत्र हाल्न आह्वान गरिएको थियो ।

कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई इच्छापत्र पेश गर्नसमेत सूचना जारी गरेको थियो । मन्त्रालयले असोज ६ गतेभित्र जिल्लास्थित कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा इच्छा पेश गर्न अपिल गरेको थियो । कार्यक्रमअन्तर्गत छोटो अवधिमा आयआर्जन हुने र रोजगारी सिर्जना हुने आशा लिइएको छ । जसका लागि मन्त्रालयले बैतडीमा कृषि ज्ञान केन्द्रमा ६० लाख र पशुसेवा विज्ञकेन्द्रमा एक करोड ४० लाख पठाइसकेको छ ।

Source: रासस
Previous Post

झिझिया नृत्यमा स्वास्थ्य मापदण्डप्रति बेवास्ता

Next Post

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु,मृतकको संख्या ७६५ पुग्यो

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७७ कार्तिक ४, मंगलवार १२:३२
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७७ कार्तिक ४, मंगलवार १२:३२
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ कार्तिक ४, मंगलवार १२:३२
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक ४, मंगलवार १२:३२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक ४, मंगलवार १२:३२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक ४, मंगलवार १२:३२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति