MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो

मधेशटप by मधेशटप
२०७७ कार्तिक १०, सोमबार २१:०३
0
खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो

भक्तपुर । हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा आज दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा आज भने अपरान्ह चार बजे सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

उनले भने, “परम्पराअनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालेर खड्ग जात्रा गरी दरबारस्क्वायर र नगरका अन्य क्षेत्रमा परिक्रमा गरिदैँ आएको थियो, तर यस वर्ष कोरोनाका कारण खड्ग जात्रा तलेजुबाट गोल्डेन गेट भित्र औपचारिक रुपमा मात्रै मनाइएको छ, बाहिर परिक्रमा गर्ने परम्परा यो वर्ष रोकिएको छ ।”

त्यसैगरी आजै नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरेका छन् । तलेजु भवानीलाई दिदी र नवदुर्गा भवानीलाई बहिनीको रुपमा मानिँदै आएको बताउँदै मूलनाइके जोशीले परम्परा अनुसार आज नवदुर्गा देवगणले तलेजु भवानीको ढोग गरेको जानकारी दिए ।

त्यस्तै तलेजुका ५२८ जना जोशी, राजोपाध्याय र बज्राचार्य थरका रकमी, पुजारीले पूजा गरी आज शुुभसाइतमा टीका ग्रहण गरेका छन् । त्यस्तै जीवित देवी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका लगाउन लगाइएको छ । सर्वसाधारणलाई गोल्डेन गेटबाट भित्र जान रोक लगाएपछि तलेजुको दर्शन एवं टीका ग्रहण गर्न रोक लगाएको उनले जानकारी दिए ।
भक्तपुर नगरपालिका–१० क्वाठर्डौँस्थित कुमारी घरमा विगतका वर्षमा कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुईचो लाग्ने गरेपनि यस वर्ष भने कोरानाका कारण कुमारीको हातबाट टीका लगाउन रोक लगाइएको छ ।

कोरोना भाइरस संक्रमणका कारण यस वर्ष जीवित देवी एकान्त कुमारी यात्रा समेत रोकिएको छ । कुमारी यात्रा रोकिए पछि भक्तपुर तलेजुका रकमी, पुजारीहरु बाजागाजाबिना नै क्वाठडौंँस्थित एकान्त कुमारीको द्योछें पुगेर पूजा गरेका छन् ।

तलेजुको मूलचोकको पश्चिममा रहेको कुमारी चोकस्थित दशैँघर सवारी भएर कुमारीलाई तलेजुका जोशी, राजोपाध्याय र कर्माचार्य पुजारी नाइकेहरुसँगै अरु रकमीले पूजाआजा गर्ने प्रचलन रहेपनि जीवित देवी कुमारी तलेजुस्थित दशैँंघर सवारी नभएपछि सबै कुमारी घर मै गएर विधिवत रुपमा पूजा गरी वेदपाठ, चण्डी पाठ, स्त्रोत्र पाठसमेत गरिएको मूल नाइके जोशीले जानकारी दिए ।

यस वर्ष भैरव र गणेशसहितका ११ गणकुमारी र एकान्त कुमारीको एकै पटक गरिने पूजासमेत रोकिएको छ । त्यसैगरी प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१० च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा आज सामान्य रुपमा सम्पन्न भएको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आजको दिन नवदुर्गा भवानी प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।

हरेक वर्ष हजारौको भीड लाग्ने ब्रम्हायणी जात्रा यस वर्ष सामान्य रुपमा मनाइएको छ । ब्रम्हायणी मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाए पछि मन्दिर पुगेका सर्वसाधारणले बाहिरैबाट पूजा एवं दर्शन गरेर फर्किएका छन् । यस वर्ष शरीरमा बत्ती बालेर ब्रम्हायणी मन्दिरसम्म यात्रा गर्ने, शरीर नाप्दै घरदेखि मन्दिरसम्म लड्दै आउने परम्परा पनि रोकिएको छ ।

Source: रासस
Previous Post

गुरु खेमचन्द्र ढकालबाट राष्ट्रपति भण्डारीद्वारा दशैंको टीका ग्रहण

Next Post

नेपालमा थप १७४१ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुग्यो

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक १०, सोमबार २१:०३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक १०, सोमबार २१:०३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक १०, सोमबार २१:०३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक १०, सोमबार २१:०३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक १०, सोमबार २१:०३
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ कार्तिक १०, सोमबार २१:०३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति