काठमाडौं। पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।
गत २४ घण्टामा ३५१७ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४९८९ जनाको पीसीआर परीक्षण गर्दा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२८९५८ रहेको छ । नेपालमा निको हुनेको दर ७६.७ प्रतिशत रहेको छ ।
Discussion about this post