काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा जम्मा १४ हजार ९ सय ८९ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमितको संख्या ३८ हजार ३ सय ५७ पुगेको छ । त्यसैगरी २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post