काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकताका सन्दर्भमा नेकपाभित्र गम्भीर संकट आइपरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको टिप्पणी गरेका हुन् । “यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ ।” उनले भनेका छन् ।
साथै आपसी अन्तरविरोधलाई सहमतीका साथ समाधान गर्दै पार्टी एकता गर्नुपर्नेमा समेत जोड दिएका छन् । त्यसको लागि सबै नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आग्रह गरेका छन् । “आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्ता नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु ।”
Discussion about this post