काठमाडौँ। नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा जम्मा १३ हजार ४ सय ४६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको उनले बताए ।
त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट थप २४ गरी हालसम्म मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमितको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।
Discussion about this post