MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

अन्तर्राष्ट्रिय योग शिक्षकको सूचीमा नेपालीको नाम

मधेशटप मधेशटप
२०७७ कार्तिक १७, सोमबार १९:३०
अन्तर्राष्ट्रिय योग शिक्षकको सूचीमा नेपालीको नाम

काठमाडौं । नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समूह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगत्का प्रभावशाली योग शिक्षकको सूचीमा दर्ता गरेको छ ।

योगी आचार्य राजन शर्मालाई ‘मास्टर योग टिचर’ को उपाधि दिँदै अलायन्सले आफ्नो वेबसाईटमा उनको विवरण सार्वजनिक गरेको हो । दुई हजार ५०० घण्टा भन्दा बढी योग प्रशिक्षण अनुभव हासिल गरेको वा योग, ध्यान, प्राकृतिक उपचारको क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका वा योग विधामा शोध, अनुसन्धान र लामो उपलब्धि ग्रहण गरेका योगगुरु, स्वामी तथा विशेषज्ञलाई यो उपाधि दिने अलायन्सको प्रावधान छ ।

हालसम्म विश्वभर २९ जना अन्तर्राष्ट्रिय योग गुरुलाई यो शीर्षकमा दर्ता गरेको ‘योग अलायन्स वल्र्ड’ले जनाएको छ । यस अघि यो क्षेत्रमा योगदान दिने नेपाली योगीलाई अन्य शीर्षकमा मात्र दर्ता गरिएको थियो ।

नेपाल, भारत र अष्ट्रेलियाका शिक्षालय र गुरुकुलबाट योग शिक्षा तथा प्राकृतिक उपचार सम्बन्धी अध्ययन र अनुसन्धान गरेका भीमसेन सापकोटाको अध्यात्मिक नाम योगी आचार्य राजन शर्मा हो । उनले योगमा तीनवटा विश्व कीर्तिमान कायम गरेको आलायन्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा उडिरहेको विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो कीर्तिमान राखेका थिए ।

विश्वका ४२ देशका ८२ स्थानमा ‘द आर्ट अफ ह्याप्पिनेस’ नामको उत्प्रेरणा शिविर मार्फत् विश्वलाई योगमया बनाउंने कार्यमा संलग्न शर्मालाई फिजी सरकारले नेपाल–फिजी सांस्कृतिक राजदूत र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विश्व सद्भावना दूतको रुपमा समेत नियुक्त गरेको छ । महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवर्द्धन गर्दै आएका उनी विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुन् । लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुन् । नेपाललाई योग गुरु देश बनाउने अभियानमा लागेका उनको दैनिक अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण कक्षामा हाल विश्वभरबाट ६०० जनाको निरन्तर सहभागिता रहँदै आएको तालिमको साझेदार संस्था मानव सेवा अश्रमले जनाएको छ ।

योगको उद्गम भूमि नेपाललाई योग र तपस्याको विश्वकै गन्तव्य र गुरु बनाउने आफ्नो अभियान रहेको उनी बताउँछन् । अष्ट्रेलियामा अध्यापन तथा योग प्रवद्र्धन गरिरहेका योगी आचार्यले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

Why Free Casino Games Online Is a Great Way For New Players to Understand the Gameplay

Paper Writing Service

The Benefits of Each Type of Casino Game

The Best Bitcoin Casino

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop