सर्लाही । सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा आज उपमेयर शान्ति भन्ने शवनम मिकरानीले गरेको तालाबन्दी मेयर निरसल साहले फुटाई दिनुभएको छ ।
आज दिउँसो उपमेयर शवनम मिकरानी सहित चार जना वडा अध्यक्षले मलंगवा नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको थियो । मेयर निरसल साहले नगरपालिकामा मनोमानी ढंगले कर्मचारी भर्ना तथा आर्थिक अनियमिता गरेको आरोप लगाउँदै उपमेयर सहित चारै जना वडा अध्यक्षले आर्थिक प्रशासन शाखामा तलाबन्दी गरेको थियो ।
उपमेयर मिकरानीले डोर हाजरीमा तलब खाँदै आएको आप्mनो छोरा समिर मिकरानीलाई नियुक्त गर्नुपर्ने लगायत केही वडा अध्यक्ष समेतले विभिन्न अनुचित काम गराउन खोजेको तर आफु नमान्दा आर्थिक प्रशासन शाखामा उनीहरुले तालाबन्दी गरेपछि आफुले तलचा फुटाई दिएको मेयर साहले जानकारी दिनुभयो ।
‘कसैलाई कुनै समस्या छ भने बसेर छलफल गर्नुपर्छ, तालबन्दी गरेर समस्याको समाधान हुदैन’, मेयर साहले भन्नुभयो ‘उपमेयरले पटक पटक आफ्नो छोरालाई नियुक्ती गर्नुपर्ने माँग गर्दै आएको छ ।’
आज कुन कारणले आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको हो भनेर मैले सोध्नको लागि उपमेयरलाई फोन गर्दा उहाँले फोन उठाउनुभएन, त्यसपछि उहाँको श्रीमान कामिल मिकरानीलाई फोन गर्दा उपमेयर भारतको मुजफ्फरपुर गएको बताएपछि आफुले तलचा फुटाई दिएको उहाँले भन्नुभयो ।
ज्येष्ठ नागरिक, अपांग, बालबालिका तथा दशै तिहार र छठको समयमा कर्मचारीहरुलाई तलब खुवाउने समयमा आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेका कारण तलचा फुटाएको मेयर साहले बताउनुभयो ।
उपमेयर संग मलंगवा वडा नम्बर ३, ८, ९ र १२ का वडा अध्यक्ष मिलेर तलाबन्दी गरेको थियो भने मेयर संग मिलेर वडा नम्बर १, २, ४, ७ , ११ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु समेत मिलेर तला फुटाएको थियो ।
Discussion about this post