२० कात्तिक, विराटनगर(मधेश टप):- नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना गरी हालसम्म १ हजार ५२ संक्रमितको मृत्यु भएको छ । त्यस्तै २४ घन्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।
आज बिहीबार कोरोनामुक्त भएर ३ हजार ४ सय ३० जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ पुगेको छ भने १२ सय ३२ जना क्वारेन्टिनमा रहेका छन् ।
Discussion about this post