काठमाडौँ । कोभिड—१९ संक्रमणको जोखिम काम गर्न जारी गरिएको लक डाउन खुकुलो भएपछि जनजीवन केही सहज भन्दै गएपनि चाडपर्वहरुमा चहलपहल देखिँदैन । दशैं सकिएर तिहार नजिकिँदै गर्दा पनि बजारमा चहलपहल छैन ।
व्यवसायीहरु विगत वर्षहरु भन्दा आधाबढीले व्यापार कम भएको बताउँदै आएका छन् । तिहार आउन धेरै समय बाँकी नरहेपनि अहिले आममानिसहरुमा उत्साह छैन। कोभिडका कारण स्वास्थ्य जोखिम कायमै रहेको छ भने आर्थिक गतिविधिहरु पनि ठप्प रहेका छन् ।
विगत वर्षहरु भन्दा यो वर्ष तिहारको किनमल आधा भन्दा बढीले घटेको व्यवसायीहरु बताउँछन् । भाइमसलाको मूल्य विगतभन्दा २० प्रतिशतले कम भएपनि ग्राहकहरु नआएको असन क्षेत्रमा व्यापार गर्दै आएका संजयदत्त तुलाधरले बताए ।
दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाईमसलाको मूल्य कम भएको छ । यद्यपि विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताए ।
तिहारमा प्रयोग हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष सस्तो भएको छ । तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको मूल्य घटेको छ । माग पनि विगत जस्तो छैन । व्यवसायीहरु आधाभन्दा बढीले व्यापार घटेको बताउँछन् ।
Discussion about this post