काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०७० पुगेको छ।

यस्तै नेपालमा थप ४५०० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १५२९०८ पुगेको छ।