MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कोरोना महामारीले ढोरपाटनमा सिकार गर्नेको संख्यामा कमी

मधेशटप मधेशटप
२०७७ कार्तिक २२, शनिबार ११:५४
कोरोना महामारीले ढोरपाटनमा सिकार गर्नेको संख्यामा कमी

बागलुङ : कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो ।

तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका छैनन् ।

कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार हुने भएको छ ।

कोरोना त्रासले गत वर्षको चैतदेखि सिकार हुँन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा तोकिएको झारल र नाउरको सिकार हुने भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेकोमा कोरोनाले गर्दा एउटा कम्पनीले मात्रै आवेदन दिएको छ ।

विभागले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र प्रस्ताव पेश गरेको थियो । सिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको सिकार गर्न उक्त कम्पनीलाई अनुमति दिएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

‘गत वर्षको दोस्रो सिजनमा कोरोनाले गर्दा १० नाउर र पाँच झारलको शिकार अनुमतिमै सीमित हुन पुगेको थियो’, कँडेलले भने, ‘यसअघि अनुमति लिए पनि बन्दाबन्दीले सिकार भएन ।’

कँडेलका अनुसार कोरोनाले विदेशी सिकारीले बुझाउने राजश्व शून्य जस्तै भएको छ ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर पहिलो हप्ता ढोरपाटन आउने छन् । विदेशी सिकारीले नाउरको लागि रु.एक लाख ६० हजार र झारलको लागि रु. ९० हजार मात्रै राजश्व बुझाएका छन् ।

प्रतिस्पर्धा नहुँदा नाउर र झारलको सिकार मुल्य निकै घटेर गएको छ । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्नेछन् ।

आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायतका देशबाट धनाढ्य सिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका छन् ।

कोरोना अघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारी आउने गरेका थिए । कोरोनाले यस वर्ष अन्य कम्पनीले बोलपत्रै भरेनन् ।

आरक्षमा असोज–मंसिर पहिलो र फागुन– वैशाख दोस्रो याममा सिकार हुने गरेको छ । बागलुङ, रुकुम र म्याग्दीका केही भागमा यो आरक्ष फैलिएको छ ।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । यसको सुरक्षाका लागि नेपाली सेनाको सत्रुमर्दन गुल्मसमेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

Why Free Casino Games Online Is a Great Way For New Players to Understand the Gameplay

Paper Writing Service

The Benefits of Each Type of Casino Game

The Best Bitcoin Casino

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop