काठमाडौं : संयुक्त राष्ट्रसंघको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनका २१३ जना नेपाली शाAन्ति सैनिकको डफ्फा आज त्यसतर्फ प्रस्थान गरेको छ ।
त्यहाँ तैनाथ तारादल गणको छैठौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी सुशील प्याकुरेलको नेतृत्वमा गोरखबहादुर गण दक्षिण सुडान गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यहाँ आफनो कार्यजिम्मेवारी पूरा गरी सेनानी दीपक अर्याल नेतृत्वमा रहेको २११ जनाको शान्ति सैनिक टोली सोमबार नेपाल आइपुग्ने कार्यक्रम छ ।
कोभिड–१९ महामारीबीच पनि शान्ति स्थापनालाई निरन्तरता दिने नीतिअनुरुप अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पालना गरिएको सेनाले जनाएको छ ।
Discussion about this post