२६ कात्तिक, काठमाडौं(मधेश टप):-
नेपालमा पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।
त्यस्तै कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६२२४३ रहेको छ । नेपालमा निको हुनेको दर ८१.१ प्रतिशत रहेको छ ।
Discussion about this post