काठमाडौँ । पछिल्लो २४ घन्टामा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।
आज बुधबार कोरोनामुक्त भएर १ हजार ६ सय ६६ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ पुगेको छ भने ११ सय ९ जना क्वारेन्टिनमा रहेका छन् ।
Discussion about this post