काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप १५ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ ।
त्यस्तै बुधवार नेपालमा कोरोनाबाट २६ जनाको मृत्यु भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ३४९ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।
अहिलेसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९७४ रहेको छ ।
Discussion about this post