काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सवस्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १८९ जना पुगेको छ ।