MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

नेकपा सचिवालय : मङ्सिर ३ गते पुनः बस्ने

नेकपा सचिवालय : मङ्सिर ३ गते पुनः बस्ने

मधेशटप मधेशटप
२०७७ कार्तिक २८, शुक्रबार १८:४३
नेकपा सचिवालय : मङ्सिर ३ गते पुनः बस्ने

नेकपा सचिवालय : मङ्सिर ३ गते पुनः बस्ने


काठमाडौँ, २८ भदौ (मधेश टप) : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आजको सचिवालय बैठक आगामी मङ्सिर ३ गते बस्ने गरी सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । पछिल्ला दिनमा पार्टीको शीर्ष तहमा उत्पन्न विवादबारे छलफल गर्न आयोजित बैठक आज संक्षिप्तरुपमा बसेको छ । नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अर्को बैठक आगामी मङ्सिर ३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपालबीच मन्त्रिपरिपषद्मा हेरफेर, कर्णाली प्रदेशको अन्तरविरोध, राजदूत नियुक्ति, भारत सरकारका प्रतिनिधि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँगको भेट, पार्टीको स्थायी कमिटीको निर्णय कार्यान्वयन र संवैधानिक निकायका रिक्त पदमा नियुक्ति आदिबारे अन्तरविरोध हुँदै आएको छ । प्रधानमन्त्री एवं पहिलो वरियताका अध्यक्ष ओलीले पार्टीको बैठक राख्न ढिलाइ गरेको गुनासो कार्यकारी अध्यक्ष दाहालसहितका नेताले लिखितरुपमा गरेपछि अध्यक्षद्वयको परामर्शमा आज बैठक भएको हो । बैठकमार्फत छलफल र संवाद शुरु भएकाले पार्टीमा तत्काल विभाजन आउन सक्ने भन्ने खतरा टरेको छ । नेकपाकोे सचिवालय बैठक यसअघि गत असोज २१ गते बसेको थियो ।

आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प गरिए पनि नेकपामा पुनः विवाद बल्झिएको हो । गत असोज ४ गतेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको थियो । सोही बैठकले एकताका बाँकी कामलाई पूर्णता दिन अध्यक्ष ओली र अध्यक्ष दाहालले १० दिनभित्र गृहकार्य गरी सचिवालयमा पेश गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । गत स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको थियो । सो स्थायी कमिटीको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।

नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा सोको तयारीका लागि आगामी कात्र्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक तय गरेकामा आगामी मङ्सिर १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक सारिएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

सिरहाको राजदेबी मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , ४०० जना लाभान्वित

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

वनमन्त्री यादव फिल्म ‘मुस्कान’मा हिरो बन्दै

‘उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या सही होइन’

ताजा खबर

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

The Number of Pulmonary Capillaries: A Comprehensive Overview

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

The Various Types of Cholesterol and Why High Degrees of LDL Cholesterol are Dangerous

Greatest Writing Essays For Students

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop