काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८५८ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।
अहिलेसम्म नेपालमा १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७६७ रहेको छ ।
Discussion about this post