सिरहा : सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्तहामा कात्तिक २५ गते मंगलवारबाट फुटबल खेलकुद प्रतियोगिता सुरु भएको थियो।
उक्त खेल प्रतियोगिता आयोजक संस्थाको अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा बिहीबार कार्यक्रम सम्पन्न भएको छ। बलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहाको संयुक्त आयोजना र काङ्ग्रेस नेता गोपाल कृष्ण यादवको संयोजनमा शान्तिपूर्ण तरिकाले फाईनल खेल सम्पन्न भएको हो।
पकडियागड फुटबल टिम लहान १८ र बलान फुटबल टिम ४ सिमराहाबीच फाईनल खेल सम्पन्न भएको छ । अमहि भर्सेज सिमराहा भएको खेलमा २–० को साथ अमहि बिजय भएको आयोजकले जानकारी दिएको हो ।
बिजयी भएको टिमलाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरी धन्यवाद दिएका थिए। उक्त खेलमा पहिलो गोल राकेश सिंहले गरेका थिए भने दोस्रो गोल प्रमान्द सिंहले गरेका थिए । २ गोलले अमहि टिम बिजयी भएको हो ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवं पूर्व सांसद रामचन्द्र यादव खेलको समापन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै खेलले हाम्रो जिबनमा शक्ति प्रदान गर्दछ । खेलको कला प्रति आफू प्रभावित भएको बताए । नेपाली काङ्ग्रेसका महासमिति सदस्य सूर्य नारायण यादव भन्छन् । खेल जिबनमा शारीरिक रुपले लाभदायिक हो । खेललाई प्रेरणादायीको रूपमा लैजानु पर्ने बताए ।
नेपाली काङ्ग्रेसका नेता तथा सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य तपेश्वर महतोले भने खेलकुद स्वास्थ्यको लागि धेरै फाईदाजनक हो यसलाई श्रमिक र ब्यबसायिक रूपमा अगाडि बढाउन आग्रह गरेका थिए ।
अतिथिहरुमा हमिम राईन, राम बिलास यादव, राम कृष्ण साह, लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बुधबार भएको खेलमा भवनी युथ कल्व भवानिपुर सिरहा टिम विजय भएको छ । खेलको निर्धारित समयमा प्रतिस्प्रधी सहभागी कुनै टिमले गोल गर्न नसकेपछी पेनाल्टिमा भवानिपुर टीमलेले विजय हासिल गरेको नेता गोपालकृष्ण यादवले जनकारी दिए ।
पेनाल्टिमा भवानिपुर –५ र हर्दिया –४ गोलको अन्तरले भवानिपुर टिम विजय भएको थियो ।
पहिलो दिनको खेलमा भवानिपुरका सुमन मगर म्यान अफ द म्याच घोषित भएका थिए । उक्त खेलमा ८ वटा टिमको सहभागिता रहेको काङ्ग्रेस नेता गोपाल कृष्ण यादवले बताए।
प्रथम पुरस्कारमा नगद २१ हजार नगद र द्धितिय पुरस्कार १२ हजार नगद, सिल्ड प्रमाणपत्र मेडल लगायतको सुविधा टिमका खेलाडीलाई प्रदान गरेको आयोजकले जानकारी दिएको छ।
साथै अतिथिहरुले एक आपसमा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । खेलको संयोजक गोपाल कृष्ण यादवको अनुसार कुलतमा लागेका गाउँका युवाहरुलाई खेलको माध्यमबाट सुधार्न लागेको बताए ।
Discussion about this post