MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

चिसो बढेपछि डोल्पा र हुम्लाका ७ प्रहरी चौकी विस्थापित

मधेशटप by मधेशटप
२०७७ मंसिर ६, शनिबार १४:३३
0
चिसो बढेपछि डोल्पा र हुम्लाका ७ प्रहरी चौकी विस्थापित

काठमाडौँ: रुकुम पश्चिम र हुम्ला चिसो बढेपछि कर्णालीको माथिल्लो डोल्पा र हुम्लाका सात प्रहरी चौकी सदरमुकाममा विस्थापित भएका छन् । अत्यधिक हिमपात हुने भएकाले झन्डै ६ महिना उच्च हिमाली क्षेत्रका चौकी खाली हुने गरेका छन् ।

डोल्पाको डोल्पोबुद्धका २ र शेफोक्सुन्डो गाउँपालिकाका तीन प्रहरी चौकीमा कार्यरत प्रहरी सदरमुकाम दुनै आएका छन् । डोल्पोबुद्ध गाउँपालिका–१ स्थित धो, ५ नम्बर वडाको तिन्जे, शेफोक्सुन्डो गाउँपालिका–३ स्थित निजालगुम्बा, ५ नम्बरको भिजेर र ४ नम्बर वडाको राप प्रहरी चौकी खाली भएका हुन् । चिसोमा बस्न नसकिने भएपछि त्यहाँ कार्यरत प्रहरी दुनै आएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजु पाण्डेले बताए । ‘हरेक वर्षजस्तै यसपालि पनि प्रहरीहरू न्यानो ठाउँमा सरिसकेका छन्,’ उनले भने, ‘उनीहरू अब वैशाखरजेठमा मात्र चौकीमा फर्कन्छन् ।’ प्रहरी चौकी उठेपछि बैंकहरू पनि दुनैमा सरेको उनले जानकारी दिए ।

हिमपातको सिजन सुरु भएपछि नेपाल–चीन सीमा सुरक्षामा तैनाथ हुम्लाको नाम्खा गाउँपालिकाका दुई प्रहरी चौकी पनि हुम्ला सदरमुकाम सिमकोट विस्थापित भएका छन् । अत्यधिक चिसो बढेपछि हिल्सा र सुनखानी चौकीमा कार्यरत प्रहरीलाई सिमकोट बोलाइएको हो । चिसोका कारण बर्सेनि जेठ महिनामा सदरमुकामबाट गएको प्रहरी टोली कात्तिक दोस्रो सातासम्म हिल्सा र सुनखानी बस्छ । हिमपात हुन थालेपछि प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम विष्टले बताए । सुखानी चौकीमा प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा २३ जना प्रहरी दरबन्दी कायम गरिएको छ । तर यस वर्ष ७ जना मात्रै प्रहरी सीमा प्रहरी चौकी पुगेका थिए । हिल्सामा कार्यरत १४ प्रहरी पनि सदरमुकाम आएको उनले जानकारी दिए ।

हिमपात भएपछि चीन–नेपाल नाका झन्डै ६ महिना बन्द हुन्छ । जाडोमा लिमीका सबै गाउँ सुनसान हुने स्थानीय पेम्बा तामाङले बताए । उनका अनुसार लिमीका अधिकांश बासिन्दा जाडो छल्न सिमकोट, नेपालगन्ज र काठमाडौँ जाने गरेका छन् । गाउँ नै सुनसान हुने भएकाले प्रहरी चौकी पनि विस्थापित हुने उनले जानकारी दिए । चीनसँग सीमा जोडिएको हिल्सामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) समेत छ । जहाँ सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ प्रहरी छन् । बीओपी भने सदरमुकाममा विस्थापित नहुने सशस्त्र प्रहरी निरीक्षक केसीले टेलिफोनमा बताए ।

Previous Post

नेकपा फुट्नबाट जोगाउने दुई उपाय

Next Post

कपिलवस्तुको सिमाक्षेत्रमा रांगा (पाडा )को तस्करी बढ्याे

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७७ मंसिर ६, शनिबार १४:३३
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७७ मंसिर ६, शनिबार १४:३३
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर ६, शनिबार १४:३३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ६, शनिबार १४:३३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ६, शनिबार १४:३३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ६, शनिबार १४:३३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति