MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

‘जान्नेले पनि नियम मान्या छैन’ !

मधेशटप by मधेशटप
२०७७ मंसिर ६, शनिबार २०:४५
0
‘जान्नेले पनि नियम मान्या छैन’ !

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सन्देश प्रवाहमा विभिन्न उपाय अपनाउँदै आएको छ । सर्वसाधारणलाई सचेत बनाउन ट्राफिक आफैँ सडकमा खटिँदै आउनु त स्वभाविकै हो, तर सामाजिक सञ्जाल, प्रविधिको प्रयोगमात्रै होइन प्रहरीले डमी प्रहरी र गीत–सङ्गीतलाई पनि ट्राफिक सन्देश प्रवाहको नयाँ उपायका रूपमा प्रस्तुत गर्न थालेको छ । यसलाई अभियानकै रूपमा अघि बढाएको महाशाखाले जनाएको छ ।

मानिसले गीत–सङ्गीतका शब्द सजिलै स्मरण गर्न सक्ने भएकाले ट्राफिक डमी होस् या विभिन्न सामाजिक सञ्जालमार्फत श्रव्य दृश्यसहितको गीत–सङ्गीत पस्किएर सन्देश दिन थालिएको माहशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

अहिले उपत्कायको सडकमा राखिएका ट्राफिक डमीलाई प्रयोग गरी श्रव्यमार्फत गीत प्रस्तुत गरेर सडक सुरक्षाका विषयमा सन्देश प्रवाह भइरहेको छ । त्यसका साथै हालै युट्युबमार्फत श्रव्यदृश्य गीत (म्युजिक भिडियो) समेत सार्वजनिक गरेर सन्देशमूलक सूचना प्रवाह गर्न थालिएको छ । प्रमुख ढकालकै परिकल्पना रहेको साङ्गीतिक अभियानमा राष्ट्रिय कलाकारले आवाज दिएका छन् ।

“गीत–सङ्गीतमार्फत सवारी चालकलाई ट्राफिक नियम सिकाउन एउटा नयाँ प्रयोग थालेका छौँ, प्रमुख ढकालले भने, “सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि र सडक दुर्घटना न्यूनीकरण गर्नु मुख्य उद्देश्य हो ।” हालै मात्र ट्राफिक प्रहरीले युट्युबमा सार्वजनिक गरेको नयाँ गीत यस्तो छ ।

‘रातो बत्तीमा रोकिने
हरियोमा हिँड्ने…

लोकपप र -याप मिश्रित गीत सुनौँसुनौँ लाग्ने खालको छ । कतिपय अवस्थामा जानेकै मान्छेले नियम नमान्दा दुर्घटना बढ्ने गरेको छ । त्यसैले सामाजिक सचेतनाका लागि गीतका शब्दलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ ।

कसले जान्या छैन,
जान्नेले नि नियम मान्या छैन…

ट्राफिक प्रहीले गत भदौ १६ गतेदेखि काठमाडौँ महानगरपालिकाको सहयोगमा उपत्यकाको विभिन्न ४५ चोकमा ट्राफिक डमी राखेको छ । त्यसलाई अझै प्रभावकारी बनाउन ‘साङ्गीतिक डमी अभियान’ थपेको महाशाखाले जनाएको छ । डमीलाई प्रयोग गरेर विभिन्न कलाकारले गाएका ट्राफिक सचेतनासम्बन्धी गीत यहाँ दैनिक घन्किन्छ । बटुवा, यात्री तथा चालकले सजिलै सुन्न सक्छन् सडकमा ती गीत । बाल गायक प्रिन्स सिलवालले ‘ट्राफिक हाम्रै साथी’ बोलको गीत हालै मात्र सार्वजनिक गरेका थिए । उक्त गीत पनि अहिले उपत्यकाको सडकका ठाउँठाउँमा गुञ्जिरहेको छ ।

सडक बत्ती हेरीहेरी पाइला उचालौँ,
परिएला दुर्घटनामा जीवन नफालौँ…

यस्तै कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपालका आवाजमा पनि ट्राफिक सचेतनामूलक सन्देश राखिएको छ । विभिन्न कलाकारले गाएका गीतसमेत उक्त साङ्गीतिक डमी अभियानमा समावेश छ । गीत–सङ्गीत हरेक मानिसको एक्लोपनको साथी हो । गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले सजिलोसँग बुझ्ने र तत्काल व्यवहारमा लागू गर्ने विश्वास लिइएको छ ।

“एक त टाढाबाट हेर्दा ट्राफिक प्रहरीजस्तै लाग्ने भएकाले सवारी साधान सञ्चालनमा चालक सचेत हुन्छन्, अर्को डमीमा स्पीकर जोडेर गीत बजाउँदा आमसञ्चार हुन्छ, जसले ट्राफिक नियम सिकाउन सहज हुन्छ”, महाशाखा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले सुनाए।

जनचेतनाबाट लाभान्वित हुने आम सडक प्रयोगकर्ताले आआफ्नो घर परिवार, साथी र समुदायमा उक्त सन्देश प्रवाह गर्न महाशाखाले अनुरोध पनि गरेको छ । उपत्यका प्रहरीले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रविधियुक्त बनाउन विभिन्न नागरिकमैत्री अभियान सञ्चालन गरिरहेको छ । महाशाखाले सडक सचेतनासँगसँगै सडकको वैज्ञानिक विकास र कानूनको कार्यान्वयनलाई एकैसाथ अगाडि बढाइरहेको छ ।

ट्राफिक उज्यालो कार्यक्रम, पैदलयात्री प्रशिक्षण, सारङ्गी टोली, प्लेकार्ड र फ्लेक्स बोर्ड प्रदर्शन, मापसे, लेन तथा सवारी दुर्घटना गर्ने चालकउपर दैनिक कक्षा, विद्यालयमा ट्राफिक कक्षा, स्वयंसेवक परिचालन आदि कार्यक्रम पनि बेलाबेलामा गर्ने गरिएको छ । 

Previous Post

नेपाल रजक सेवा समाज कतारद्वारा शुभकामना तथा सधारण सभा सम्पन्न

Next Post

लागूऔषध प्रकरणमा चर्चित भारतीय हास्यकलाकार भारती सिंह पक्राउ

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर ६, शनिबार २०:४५
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ६, शनिबार २०:४५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ६, शनिबार २०:४५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ६, शनिबार २०:४५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ६, शनिबार २०:४५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ६, शनिबार २०:४५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति