काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या एक हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ८ हजार १ सय ४४ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा १ हजार १३ जना पुरुष तथा ६ सय ६१ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज काठमाडौ उपत्यकामा ५ सय १२ जना पुरूष र ३ सय ८७ जना महिला गरी जम्मा ८ सय ९९ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।
आज थप २ हजार ३ सय २३ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ८८ दशमलव ४ प्रतिशत रहेको छ ।
आज देशभर गरी २४ हजार ९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १७ हजार २ सय ६ जना होम आइसोलेसन तथा बाँकी ६ हजार ८ सय ३ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post