काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।
बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचिमा परेकी हुन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो ।
यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।
सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।
Discussion about this post