MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

मधेशटप by मधेशटप
२०७७ मंसिर ९, मंगलवार २०:५४
0
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
  • बिन्द्बबासीनी निगम

कपिलवस्तु : नेपाल लगायत विश्वब्यापी रुपमामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अंग्रेजी महिनाको २५ नोवम्भर देखि १० डिसेम्बर सम्म मनाउने गरिन्छ । नेपालमा २०५४ साल देखि लैङ्गिकका आधारमा गरिने सवै खालै हिंसा विरुद्ध अभियान संचालन गर्दै आइरहेको छ । प्रत्येक बर्ष राष्ट्रिय र अन्तरराष्ट्रिय नाराहरु तय गरी विश्वब्यापी रुपमा विभिन्न प्रकारले यो अभियान संचालन गरिन्छ । यस बर्षको राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज र सवैको ऐक्यबद्धता तथा अन्तरराष्ट्रिय नारा Orange the World : Fund, Respond, Prevent, Collect रहेको छ । यो कार्यक्रम महिला माथि हुने सवै प्रकारको विभेद, हिंसा अन्त्य गर्नका लागी महिला अधिकारकर्मीहरु, मानव अधिकारवादीहरु, महिला संगठन, महिला सशक्तिकरणको क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरु र विगतबर्ष देखि नेपाल सरकारले पनि स्थानिय तह देखि संघ सम्म विभिन्न प्रकारको सामाजिक सचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ ।

१६ दिने अभियान अन्तरगत प्रत्येक दिन कुनै न कुनै दिवस परेकोले सोही सन्दर्भमा कार्यक्रमहरुको आयोजना गरी मनाइने गरिन्छ जस्तै २५ नोवम्भर अन्तरराष्ट्रिय महिला हिंसा अन्त्य दिवस, २६ विश्व पर्यावरण संरक्षण दिवस, १ डिसेम्बर विश्व एड्स दिवस, २ अन्तरराष्ट्रिय दासता उन्मुलन दिवस, ३ अन्तरराष्ट्रिय अपाङ्ग दिवस, ५ अन्तरराष्ट्रिय स्वंयसेवक दिवस, ७ अन्तरराष्ट्रिय नागरिक उडडयन दिवस, ८ मर्यादित महिनवरी दिवस, ९ अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस र १० डिसेम्बरको राष्ट्रिय मानव अधिकार दिवस आदि लगायत विभिन्न दिवसहरु हिंसा विरुद्ध र सामाजिक सचेतना तथा महिला सशक्तिकरणको लागी कार्यक्रमहरु गरिन्छ । यो अभियान अरु अभियान भन्दा फरक छ र लामो समय सम्म मनाइने गरिन्छ । यो अभियान महिला माथि हुने सवै प्रकारको हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियान हो ।

यो दिवसको शुरुवात सर्वप्रथम ल्याटिन अमेरिकावाट गरिएको थियो । सन् १९८१ को नोभेम्वर २५ तारिखका दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यहि दिवसको शुरुवात पछि ल्याटिन अमेरिकी महिला कस्ता कस्ता हिंसावाट पिडित भएका छन् भन्ने कुराको पहिचान पनि भएको थियो । त्यसपछि महिला माथि हुने घरेलु हिंसा देखि लिएर राजनीतिक वन्दी र राजनीतिक हिंसा सम्मका वहसले स्थान पाएका थिए । नोभेम्वर २५ लाई महिला माथि हुने हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा मनाउनका पछाडि यसको छुट्टै इतिहास रहेको छ । यो दिवसको सन्दर्भ सन् १९९० मा डोमिनिकल गणतन्त्रमा तत्कालिन त्रुजिलो सरकारको चरम निरंकुशताको कारणले एक परिवारको तिन दिदीवहिनी राजनीतिक कार्यकर्ता ( पेट्रिया, मिनर्भा र मारिया) ले विरोध गर्दै शसक्त आन्दोलन चलाउने उद्घोष गरेको कारण पक्राउ गरी ११ महिना पछि २५ नोभेम्वरका दिन हत्या गरिएको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । शिक्षित र सचेत यी दिदीवहीनी त्रुजिलो तानाशाहीको विरुद्धमा थिए । तत्काल सरकारले तिनिहरुलाई र तिनका परिवारहरुलाई राष्ट्र विद्रोहको आरोप लगाएका थिए ।

त्रुजिलो सरकारको अन्त्य पश्चात यि दिदी वहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रुपमा लिइयो । सन् १९९१ मा रुत्गर्स विश्व विद्यालयको महिलाहरुको भुमण्डलीय नेतृत्व केन्द्रले प्रयोजन गरी संचालन गर्न थाले पछि यसले अन्र्तराष्ट्रिय अभियानको रुप ग्रहण गरेको हो । संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष यो दिवसका लागी एउटा अन्तरराष्ट्रिय नारा तय गर्दे आएको छ । यस वर्ष Orange the World : Fund, Respond, Prevent, Collect भन्ने नारा तय भएको छ । र नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यसका बर्षका राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज र सवैको ऐक्यबद्धता राखेको छ । महिलाहरुको आत्म सम्मान, यौनिक हिंसा, आर्थिक, सामाजिक तथा राजनितिक र मानसिक हिंसा आदिका विषयमा कुरा उठाउने गरिएको छ । नोभेम्वर २५ देखि १० डिसेम्वर, १६ दिने सम्म विभिन्न कार्यक्रमहरु गरि महिला विरुद्ध हुने हिंसा अन्त्यको अभियान संचालन गरिदै आएको छ । महिला हिंसासंग जोडिने विषय एच.आइ.भी एड्स र मानवअधिकार लगायत १६ दिन भित्रमा पार्ने विभिन्न दिवसहरु पनि हो । त्यसैले यस अभियान भित्र पर्ने विश्व एड्स दिवस र विश्व मानव अधिकार लगायत सवै दिवसहरु पनि मनाउदै आइरहेको छ ।

नेपाल सरकारले गत बर्ष देखि १६ दिने अभियान संगै जोडिएर मर्यादित महिनावरी दिवस पनि मनाएको शूरुवात भएको छ । महिनावरी महिलामा हुने प्राकृतिक र निरन्तर हुने एक प्रकृया भए पनि हाम्रो समाजमा महिनावरी भएको समयलाई अझै पनि अपवित्र अवस्थाको रुपमा लिने गरिन्छ । विशेष आराम र स्याहारसुसारको जरुरत पर्ने बेलामा झन घरायसी कार्य भन्दा बाहिराको गह्रौं कार्य र घरभन्दा असजिलो ठाउँमा बस्ने बाध्य बनाइदा धेरै महिलाहरुले ज्यान गुमाउनु पर्ने दुःखत घटनाहरु हामीले भोगिरहेका छौ । अर्को तिर महिला माथि हुने घटना प्रयाह बलात्कार तथा यौनहिंसाका घटना मिलापत्र गराउने भएको देखिन्छ । यस्ता घटनालाई मिलापत्र गराउन नपाउने यस बर्ष नेपाल सरकारले नयाँ अध्यादेश ल्याएको छ । सरकारले बलात्कारका घटना गाउँघरमै मिलापत्र गराउने जो कोहीलाई कडा कारवाही हुने गरी अध्यादेश ल्याएको छ । बलात्कारका घटना मिलापत्र गराउने ब्यक्तिलाई ६ महिना देखि ३ बर्षसम्म कैद, ३० हजार सम्म जरिवाना वा दुवै हुने ब्यवस्था रहेको छ । अध्यादेशमा सार्वजनिक पद धारण गरेको ब्यक्तिले त्यस्तो मिलापत्र गराएमा थप ६ महिना कैद सजाय हुने ब्यवस्था रहेको छ ।

अध्यादेशमा १० बर्ष मुनि र ७० बर्ष माथिका ब्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने ब्यवस्थालाई यथावत नै राखिएको छ । यस अघि कसुरदार ज्येष्ठ नागरिक भएमा कैद मिनाहा गर्ने कानुनी ब्यवस्था परिवर्तन गरेर अबदेखि बलात्कार मुद्दामा कैद मिनाहा नहुने ब्यवस्था राखिएको छ । यस अघि महिला तथा बालिका माथि बलात्कार भन्ने शब्द कानुनमा रहेकोमा अबदेखि ब्यक्ति भन्ने शब्द राखिएको छ । पुरुष माथि पनि बलात्कार हुने भएकोले ब्यक्ति भन्ने शब्द राखिएको छ । यस अघि १४ बर्ष देखि १६ बर्षका बालिकालाई बलात्कार गर्नेलाई १२ देखि १४ बर्ष सम्म कैदको ब्यवस्था रहेकोमा अध्यादेशमा उमेर परिवर्तन गरेर १२ देखि १६ बर्ष कैद गर्ने ब्यवस्था छ ।

अर्को १० देखि १२ बर्ष कैदको ब्यवस्था परिवर्तन गरेर १० देखि १४ बर्ष कैद सजाय गर्ने अध्यादेशमा उल्लेख छ । १८ बर्ष भन्दा माथिकालाई बलात्कार गरेमा ७ बर्ष देखि १० बर्ष कैदको ब्यवस्था परिवर्तन गरेर १० देखि १२ बर्ष कैद गर्ने ब्यवस्था अध्यादेशमा राखिएको छ । यो कुरा मिर्मिरेअनलाइन ७ मंसिर २०७७ मा प्रकासित बाट लिएको हो । यस बर्ष कोरोना महामारी भएको अवस्थामा पनि यो कार्यक्रम संचालन गर्ने धेरैको योजना रहेको छ । र आवश्यक पनि देखिन्छ । किन कि बन्दाबन्दीको बेलामा झन महिला माथि हिंसा बढेको छ । त्यसले गर्दा सरकारी गैर सरकारी तथा सरोकारवाला संग सम्पर्क समन्वय तथा सहकार्य गरी सभ्यता र भभ्यताको साथ भौतिक दुरी कायम गरी र अनिवार्य रुपमा मास्क तथा नेपाल सरकारको यस महामारी सम्बन्धि मापदण्ड बमोजिम कार्य राम्रो हुन्छ ।

Previous Post

एनआरएनए कतारद्वारा थप १४ नेपाली पीडित श्रमिकलाई हवाई टिकट सहयोग

Next Post

बर्दिबास प्रदर्शनका घाइतेलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइँदै

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ९, मंगलवार २०:५४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ९, मंगलवार २०:५४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ९, मंगलवार २०:५४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ९, मंगलवार २०:५४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ९, मंगलवार २०:५४
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर ९, मंगलवार २०:५४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति