काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनासहित हालसम्म १ हजार ४ सय ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।
आज मात्र १ हजार २ सय ३६ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने १७ हजार २ सय ३७ पुगेको छ ।
Discussion about this post