MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

साबधान ! जाडोमा हिटर वा आगो बालेर सुत्दा जान सक्छ ज्यान !

मधेशटप by मधेशटप
२०७७ मंसिर १४, आईतवार १९:०१
0
साबधान ! जाडोमा हिटर वा आगो बालेर सुत्दा जान सक्छ ज्यान !

काठमाडौं : चिसो बढेसँगै धेरैलाई रुघाखोकी, टन्सील, निमोनिया, हाडजोर्नी दुख्ने लगायतका समस्याले सताउन थालेको छ । वृद्धवृद्धामा दमको समस्या देखिन थालेको छ । त्यसैले जाडोबाट बच्नको लागि धेरैले कोठा न्यानो बनाउन विभिन्न विद्युतिय उपकरण किनेका छन् ।

सक्नेले अलिक महँगो पैसा तिरेर विद्युतिय उपकरण खरिद गर्छन् । केहि स्थानमा मानिसहरु ओछ्यान नजिकै आगो बालेर समेत सुत्ने गर्छन् । तर यो मौसममा यि यस्ता उपकरण चलाउँदा निकै सावधानी र होसीयारी अपनाउनुपर्छ । अघिल्ला वर्ष भएका अप्रिय केहि घटनाले पनि यो सोच्न बाध्य बनाउँछ । गुम्सीएर, निस्सासीएर, अक्सिजनको मात्रा नपुगेर एकै कोठामा परिवारका सदस्यको दुखान्त अन्त्य भएको घटनामा पनि कोठामा अक्सिजन कम भएको रिपोर्ट आएको थियो । तसर्थ विज्ञले दिएका यी सुझावहरु हेरौँ ।

जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठामा रातभर हिटर, कोईला, आगो, वा अन्य विद्युतिय उपकरण चलाएर सुत्नुहुँदैन । यस्ता उपकरणबाट निस्कने तापमा हुने कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ । यसको कारण शरीरको कोषमा हुने आन्तरिक श्वासप्रश्वाश प्रक्रिया बन्द हुन जान्छ र मुटुको चालमा पनि समस्या आई नोक्सानी पुग्छ ।

कसैले सुत्ने कोठाको छेउमा अँगेनामा वा कुनै बट्टामा आगो बालेर कोठा बन्द गरि छोडिदिन्छन् । यसो गर्दा कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै गई मानिस निस्सासीएर मृत्यु सम्म हुन सक्छ ।
-यस्ता उपकरणबाट निस्कने तापमा हुने कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ । यसरी हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै गएमा मानिसलाई चक्कर लाग्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने , छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ । यस्तो बेलामा कोही कसैले थाहा नपाएमा सो व्यक्तिको अकस्मात् मृत्यु हुन्छ । त्यसैले भुलेर पनि यी उपकरण खुल्लै राखेर सुत्नु हुँदैन ।

जाडोमा पानी तताउन बाथरुममा राखिएका ग्यास गिजर पनि अन भए नभएको कोठामा लिक भए नभएको जाँच्नुपर्दछ । गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले बन्द कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ । यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ । कतिपय यस्तो विषाक्तताका कारण उपचारका ागि धाइरहेका हुन्छन् ।

हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । बालबालिका वृद्धवृद्धाविशेष अवस्थाका महिलालाई अझ बढी समस्या देखापर्छ ।

चिकित्सकका अनुसार राम्ररी हावा ओहोरदोहोर नहुने कोठामा दाउरा, गुइँठा, ग्यास, मट्टीतेल, बिजुली आदि कुनै पनि तरिका अपनाएर न्यानोका लागि आगो बाल्दा यसबाट निस्किने धूवाँमा कार्बन मोनोअक्साइड ग्याँस हुन्छ । जानकार परिवारका सदस्यले सबैलाई बुझाउनुपर्छ ।
चिकित्सकका अनुसार यस्ता दुर्घटनाबाट जोगिन ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने, पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने, सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने, परिवारलाई यस्ता घटनाबारे जानकारी गराई सचेत गराउने, बालबालिका र वृद्धवृद्धाको लागि विशेष व्यवस्था गर्ने, यस्ता उपकरण भन्दा न्यानो लुगा कपडामा जोड दिने । म्याद नाघेका ग्याँस सिलिन्डर बजारमा छ्यापछ्याप्ती भएका कारण आफ्नो भन्छाको उपकरणको मिति हेर्ने ।

Previous Post

बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

Next Post

महोत्तरी : टिपरको ठक्करबाट औरही नपामा एक बालिकाको ज्यान गयो

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर १४, आईतवार १९:०१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर १४, आईतवार १९:०१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर १४, आईतवार १९:०१
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर १४, आईतवार १९:०१
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर १४, आईतवार १९:०१
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर १४, आईतवार १९:०१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति