MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

चियाको प्रतीक चिह्न दुई देशमा दर्ता

मधेशटप by मधेशटप
२०७७ मंसिर १५, सोमबार १९:०२
0
चियाको प्रतीक चिह्न दुई देशमा दर्ता

मंगलबारे । विश्वका दुई देशमा नेपाली चियाको ट्रेडमार्क चिह्न (लोगो) दर्ता भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कायकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

उनले चिया उत्पादनको १९७ वर्षपछि अमेरिका र भारतमा नेपाली चियाको लोगो दर्ता भएको जानकारी दिएका हुन् । “भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेको भए पनि सम्झौताको हार्ड कपी आउन बाँकी रहेको छ”, उनले भने, “औपचारिक रुपमा हार्ड कपी नआए पनि सम्झौता सम्पन्न भइसकेको छ ।”

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्रथम चौमासिकको प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेकाले चिया किसानलाई ढुक्क हुन आग्रह गरे ।

इलाम नगरपालिका–२ मा स्थित चिया विस्तार आयोजना जस्बिरेमा भएको कार्यक्रममा कायकारी निर्देशक डा भट्टराईले अब ५० रोपनीमाथि जमीनमा चिया रोप्ने किसानलाई ५० प्रतिशत अनुदान दिने बताए ।

विश्व बजारमा नेपाली चिया नेपालको लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले यसको तयारी थाल्न किसानलाई आग्रह गर्दै उनले विश्व कजारमा नेपालबाट चियाको भन्दा कफीको बढी माग आउने गरेको बताए । उनले नेपालमा वार्षिक ६ मेट्रिक टनमात्र कफी उत्पादन हुने गरेको भए पनि १९ मेट्रिक टन कफीको माग रहेको बताए । ५० हजार कफीका बिरुवा उत्पादन गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान दिइने उनको भनाइ थियो ।

इलाम नगपालिकाका प्रमुख महेश बस्नेतले विश्व बजारमा चियाको जति धेरै माग बढ्छ उति नै धेरै गुणस्तरीय चिया उत्पादनमा किसान लाग्नुपर्ने बताउँदै १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले इलाममा चिया रोपण गरेर लगाएको गुन तिर्न चिया रोपेकै स्थानमा उनको सालिक निर्माण गरेको जानकारी दिए ।

चियाको राजधानी इलाम भए पनि यहाँकै किसानले उचित मूल्य नपाएको र यसका लागि बेलाबेलामा आन्दोलन र धर्नालगायत कार्यक्रम गरेरमात्र चियाको मूल्य पाउने गरेकाले यसतर्फ स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्नेमा किसानले जोड दिँदै आएका छन् ।

Previous Post

कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने सरकारको निर्णय

Next Post

बहुभाषीक संसकृति कार्यक्रम खख्नामा सम्पन ।

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०७७ मंसिर १५, सोमबार १९:०२
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७७ मंसिर १५, सोमबार १९:०२
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७७ मंसिर १५, सोमबार १९:०२
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर १५, सोमबार १९:०२
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर १५, सोमबार १९:०२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर १५, सोमबार १९:०२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति