काठमाडौँ : “देश-बेचुवा कोरोना कै समगोत्री निरंकुश विकेन्द्रीकृत भ्रष्ट लूटतान्त्रिक गन्हाउनेतन्त्र” का मतियार एवं रिमोट-कन्ट्रोल द्वारा संचालित “वर्तमान धर्म-निरपेक्ष तथाकथित संघीय लोकतान्त्रिक गणतन्त्रका नेपाल सरकार” र यो ब्यवस्था Vs “राष्ट्रिय नागरिक आन्दोलन २०७७” स्विकारेका ले “ओली – प्रचण्ड – देउवा- जसपा” गठबन्धन सरकारलाई धन्यवाद !
थुक्क, “कोरोना कै समगोत्री निरंकुश विकेन्द्रीकृत भ्रष्ट लूटतान्त्रिक गन्हाउनेतन्त्रवादीहरुको झुन्ड र मुन्डहरु” !
तर्सिएकै हो रहेछ ! निभ्नै लागेको दियो हो, फर्फराउछ नै !
हाम्रो पुर्व-घोषित कुनै पनि कार्यक्रम रुक्दैन/स्थगित हुँदैन, यी विदेशीका दलाल देश-बेचुवाहरुलाई जति तागत छ लगाए हुन्छ !
जबसम्म यो ब्यवस्था, ब्यवस्थापक, ब्यवस्थापन ढल्दैन, पशुपति आर्यघाट पुर्याईदैन तबसम्म यो राष्ट्र-भक्तहरुको राष्ट्रवादी-अभियान जारी रहन्छ, नागरिक आन्दोलनको आँधी-तुफान सृजना गरिनेछ, यी देश-बेचुवा निरंकुश ब्यवस्था, ब्यवस्थापक, ब्यवस्थापनलाई दागबत्ती नदिएसम्म हामी थाक्दैनौं – रुक्दैनौं – झुक्दैनौं !
आउँदो शनिबार मंगसिर २० गते ११:०० बजे काठमाडौंको माईतिघर मण्डला, धनुषा जिल्लाको जनकपुर र महोत्तरी जिल्लाको जलेश्वर महेन्द्र चौक, सिमरा, बिरगंजको घण्टाघर, सिरहाको मिर्चैया-लहान-सिरहा न.पा लगायत देशैभर यो ब्यवस्था, ब्यवस्थापक, ब्यवस्थापनको विरुद्ध हुने सबै कार्यक्रममा अनिवार्य जाऔं ! साथसाथै सम्पूर्ण देश-भक्त आम नेपाली (हिमाल – पहाड – तराई/मधेश वासी) आ-आफुलाई सहज हुने स्थानीय तहमा स्वस्फूर्त रुपले यो “कोरोना कै समगोत्री निरंकुश विकेन्द्रीकृत भ्रष्ट लूटतान्त्रिक गन्हाउनेतन्त्र” का विरुद्ध राष्ट्रिय झण्डा र ॐ को झण्डा बोकी व्यापक जन-प्रदर्शन गरौं !
राष्ट्रिय एकता र नागरिक सत्ता स्थापित गरौं !
राष्ट्रिय नागरिक आन्दोलन २०७७ जिन्दावाद जिन्दावाद जिन्दावाद !!
Discussion about this post