काठमाडौं (मधेश टप): काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ ।
काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए । सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् ।
सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उहाँले बताए । उनले भने, “अवस्था केही सामान्य भएपछि नै परीक्षा लिन सकिन्छ ।” सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो ।
असारदखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए । दशैँ पहिलेसम्म धेरै कार्यालय बन्द रहेकाले फुर्सद्को समयमा चालक अनुमतिपत्र लिन आउने र नवीकरणका लागि आउने सेवाग्राहीका कारण कार्यालयमा धेरै भीड हुने गरेकोे थियो ।
Discussion about this post