काठमाडौं । राजा आउ, देश बचाउ भन्दै आज काठमाडौंस्थित माइतीघरमा बृहत प्रदर्शन भइरहेको छ । राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।
विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर राजावादीहरु माइतीघरमा प्रदर्शनमा उर्लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनलाई मध्यजर गर्दै काठमाडौंमा प्रदर्शन, भेला नगर्न आग्रह गरेतापनि आज सयौंको सङ्ख्यामा राजाका समर्थकहरु सडकमा अत्रिएका छन् ।
प्रदर्शनका दौरान हिंसा वा अप्रिय घटना नहोस् भनेर कडा सुरक्षा व्यवस्था गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Discussion about this post