धनुषा : अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसर पारेर आज त्रिभुवन आदर्श मा.वि. को मैदान(बगैंचा) मा रोयल युथ क्लब द्वारा वृक्षरोपण गरिएको छ ।
रोयल युथ क्लबको आयोजित कार्यक्रममा प्रमुख अतिथि श्री देवेन्द्र कुमार यादव(प्रधानाध्यापक) , अतिथि इजाज अन्सारी(AYCअध्यक्ष) र कार्यक्रमको अध्यक्षतामा राहुल यादव लगायत यस क्लबको अध्यक्ष “तनविर रेजा राइन” सचिव रन्जन कापर , दिपक मंडलको पहलमा र दिपेश यादव, राहुल साह, बिबेक कापर इत्यादि मेम्बरको उपस्तिथिमा कार्यक्रम समापन भएको छ ।
यस कार्यक्रमको आफ्नो विशेष मन्तव्यमा श्री देवेन्द्र कुमार यादवले भने:- स्वयमसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडि, विदेश भ्रमणको संख्या अनि लगाएका बहुमूल्य वस्त्राभूषण मात्र हैन्, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौं त? हामीबाट अरुले के सिके त र अनि हामीले गर्दा कतिजनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्वपूर्ण रहन्छ। सेवा नै धर्म हो अनि स्वयमसेवाबाट आउने आनन्द र सन्तुष्टी अतुलनिय छ । सबै स्वंसेवकहरुलाई नमन। प्रकृति मानवको कल्चर हो र रुख भविस्य उहाँले बताए |
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका विषय लिएर AYC का अध्यक्ष इजाज अन्सारीले आफ्नो मन्तव्य राख्दै भने:- “विहानै अत्यन्त चहकीलो सूर्य त साँझमा कमजोर हुन्छ भन्ने रहेको छ । तर यस्तो होइन कमजोर, बलिया सबैलाई एकैसाथ समेटेर हिंड्नुनै सामाजिक विकासको सूचक हो र यस कार्यमा सूचना पूर्याउन अनि जागरण गर्न स्वयमसेवकको भूमीका रहन्छ। त्यस अन्तर्गत सकारात्मक परिवर्तनमा युवाको महत्त्वपूर्ण भूमिका भएकोले सधैं सबैमा अगाडि र सहयोग हामीले गर्दै रहन्छौ। रोयल युथ क्लबको आयोजनाका अनुसार म वृक्ष व्यवस्था गरे” उनले बताएको छ |
कार्यक्रमको विषय लिएर RYC का अध्यक्ष तनविर रेजा राइनले आफ्नो मन्तव्य राख्दै भने:- “रुख संरक्षण गर्ने दायित्व नागरिककै हुनुपर्छ । किनभने विश्वभर चिनिएको (हरियो वन नेपालको धन) र यस विकासले प्राणी जगतकै रक्षा हुने भएकाले सबैले वृक्षलाई रक्षा ,संरक्षण र विकासमा लाग्नुपर्ने एउटा मुख्य अभियानको रूपमा हरेक समाज र समुदायमा सचेतना हुन आवस्यक छ ” उनले बताए |
Discussion about this post