महोत्तरी : मनराशिसवा नगरपालिकामा १५ शैया अस्पतालको भवन निर्माणका लागि आवस्यक १२ कठ्ठा जग्गा नगरका मेयर संजयकुमार सिंह र उनका दाजु उदयकुमार सिंहले दानस्वरुप प्रदान गरेका छन् । उक्त जग्ग मनरा वडा नं. छ (क), कित्ता नं. १०४ रहेको छ, जुन हलाकी राजमार्ग अन्तर्गत मनरा नगर प्रवेश गर्ने सुरुवातमै रहेको छ ।
स्वास्थ्य तथा जनसंख्यन मन्त्रालय अन्तर्गत ‘जनस्वास्थ्य ऐन २०७५’ र ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ अनुसार उपचार सेवा सर्व सुलभ गराउन गाँउ–गाँउमा सबै वडामा एक आधारभूत स्वास्थ्य केन्द्र र ७५३ पालिकामा ‘५ देखि १५ बेडसम्मको प्राथमिक अस्पताल तथा प्रदेश मातहतमा ५० देखि २०० बेडसम्मको विशेषज्ञ अस्पताल निर्माण वा स्तरउन्नति कार्यक्रम अन्तर्गत मनराशिसवा नगरपालिकामा पनि १५ शैयाको अस्पताल निर्माणको आज शिलान्यास भएको छ ।
मनरा नगरपालिका अन्तर्गत करिब १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन निर्माणका लागि शिलान्यास भएको छ । उक्त अस्पताल निर्माणका लागि पर्ने आवस्यक १२ कठ्ठा जग्गा नगरपालिकाका मेयर संजयकुमार सिंह र उनका दाजु उदयकुमार सिंहले संयुक्तरुपमा दान गरेका छन् । उक्त जग्ग मनरा वडा नं. छ (क), कित्ता नं. १०४ रहेको छ, जुन हलाकी राजमार्ग अन्तर्गत मनरा नगर प्रवेश गर्ने सुरुवातमै रहेको छ । मेयरलगायत उनका परिवारद्वारा संयुक्तरुपमा भवनको शिलान्यास गरिएको छ । शिक्षा र स्वास्थ्यप्रति पहिलैदेखि योगदान गर्दै आएको यस परिवारका पूर्वजले मनरा नगरपालिकास्थित वि.सं. २००२ सालमा स्थापित दुर्गा मा.वि.मा समेत जग्गा दान गरेका थिए ।
Discussion about this post