MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रदेश २ : सरकार र केन्द्र सरकारबीच सबभन्दा बढी घनिष्ठ सम्बन्ध छ : मन्त्री योगेश भट्टराई

मधेशटप मधेशटप
२०७७ मंसिर २३, मंगलवार २०:५७
प्रदेश २ : सरकार र केन्द्र सरकारबीच सबभन्दा बढी घनिष्ठ सम्बन्ध छ :  मन्त्री योगेश भट्टराई

जनकपुरधाम :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुरधामको विकास सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।जनकपुरधाम विमानस्थलको नवनिर्मित टर्मिनल भवन एवं कन्ट्रोल टावरको आज उद्घाटन गर्दै मन्त्री भट्टराईले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको जनकपुरधाको विकासका लागि तीन वटै तहको सरकारको संयुक्त समन्वय र सहकार्यको आवश्यकता रहेको बताए।

‘आजदेखि सञ्चालनमा आएको टर्मिनल भवन प्रदेश २ को सरकार र यहाँका स्थानीय सरकार र संघीय सरकार बीचको मित्रताको सेतु हो,’ उनले भने,‘जनकपुरधाम जस्तो पवित्र तीर्थस्थलमा टर्मिनल भवन निर्माण हुनुको अर्थ संघीय सरकारको तर्फबाट प्राप्त एउटा सुन्दर उपहार हो।’

आपसी समझदारी बीचको संघीयता रहेको बताउँदै मन्त्री भट्टराईले समझदारी र सहकार्यका साथ संविधानमा उल्लेख भएका काम, कर्तव्य र अधिकारलाई पालना गर्दै जिम्मेवारी र जवाफदेहितालाई अगाडि बढाउँदै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पूरा गर्ने सबैको दायित्व रहेको बताए।

मन्त्री भट्टराईले सात वटै प्रदेशमध्ये प्रदेश २ को सरकार र केन्द्र सरकारबीच सबभन्दा बढी घनिष्ठ सम्बन्ध रहेको दाबी समेत गरे।

‘हाम्रो मित्रता असल छ र हामी बीचमा कुनै समस्या छैन,’ उनले भने, ‘हामीबीच समस्याविहीन सम्बन्ध रहेको छ, सानातिना अभ्यासको क्रममा केही समस्या आउन सक्छन्। किनभने हामी कोही पनि अहिले संघीयताका अनुभवी र ज्ञाता भइसकेका छैनौं।’

जनकपुर विमानस्थलको नामको सन्दर्भमा उनले प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा पत्र लेखेर संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएपछि यसको नाम जनकपुरधाम विमानस्थल राख्न केन्द्र सरकार प्रतिबद्ध रहेको बताए।

जनकपुरधाम विमानस्थलको १३ सय मिटरको धावनमार्गलाई १६ सय मिटरसम्म विस्तार गर्नका लागि स्थानीय सरकारले थप जग्गाको प्रबन्ध मिलाए केन्द्र सरकार प्राविधिक लगायतका अन्य खर्च जुटाउन तयार रहेको उनले बताए।

कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनकपुरधाम विमानस्थललाई अझ बढी आधुनिक बनाउनेतर्फ ध्यान पुर्याउन मन्त्री भट्टराईसँग आग्रह गरे।

जनकपुर विमानस्थलको नाम परिवर्तन गरी जनकपुरधाम विमानस्थल कायम गरिए यसले धार्मिक पर्यटनको क्षेत्रमा थप योगदान पुग्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

दक्षिण एशिया सम्मेलनमा काङ्ग्रेस  नेता चोधरी सहभागी हुने

दक्षिण एशिया सम्मेलनमा काङ्ग्रेस नेता चोधरी सहभागी हुने

‘म सधै युवाको साथमा रहने छु’

‘म सधै युवाको साथमा रहने छु’

ताजा खबर

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

The Number of Pulmonary Capillaries: A Comprehensive Overview

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

The Various Types of Cholesterol and Why High Degrees of LDL Cholesterol are Dangerous

Greatest Writing Essays For Students

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop