जनकपुरधाम : तराई मधेशमा जाडो बढेको छ । बुधबार बिहानैदेखि एकाएक जनकपुर लगायत तराई मधेशमा बाक्लो हुस्सु(धुनी ) लागेको छ ।

चिसोबढ्दै जाँदा जनकपुर लगायत आसपास तरााईका जिल्लाहरुको जनजीवन अफ्ठ्यारो बन्दै गएको छ । बाक्लो जाडो र बाक्लो हुस्सुको कारण जनकपुर बजारमा चहल पहल घटेको छ ।

चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् ।

चिसोबढेसंगै जनकपुरको कपडा पसलहरुमा न्यानो कपडा किन्ने सर्वसाधारणको भीड बढेको छ । गाउँघरमा चिसो छल्न सर्वसाधारणले आगोको घुर बालेर ताप्ने गरेका छन् ।
चिसो बढेसंगै आफ्नो जानको आफै सुरक्षा गर्ने ।

प्रतिक्रिया!!

सम्बन्धित खबर