काठमाडौ । राजसंस्थासहित हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न । वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिक देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेका हुन ।

देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि नागरिक-तन्त्र/जनतन्त्र सहितको राज-संस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ भने राजतन्त्रको जयजयकार हुँदै गणतन्त्रको बिदाईको आवाज चर्को रूपमा सुनिन थालेका छ्न । पछिल्लो केहीदिन यता कोरोना महामारीलाई व्यवास्था गर्दै नागरिकहरु देश बचाउन सडकमा राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेको पाइन्छ ।

जसको प्रमुख रणनीतिकार – योजनाकार र नेतृत्व “राष्ट्रिय नागरिक आन्दोलन २०७७” ले गर्दै आएको देखिन्छ, यसैक्रममा राष्ट्रिय नागरिक आन्दोलनको अगुवाइमा मंसिर २७ गते सिरहाको लहानमा बृहत् प्रदर्शनको तयारी थालिएको छ, जसमा कम्तीमा पनि २५ देखि ३० हजार आम नागरिकको उपस्थिति र सहभागिता रहेने दावा गरिएको छ । मुलुक बचाउन,नागरिकको रक्षा गर्न ,लुटतन्त्र र भ्रष्टतन्त्रको अन्त्य गर्न एतिहासिक नागरिक प्रदशर्नको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ ।

यसअघि पनि राजा ल्याऔ ,देश बचाउ,पार्टी होइन देशको झन्डा बोकौ भन्दै काठमाडौ , बुटवल ,कोहलपुर ,कपिलवस्तु ,बर्दिया, बिरगंज , विराटनगर,कैलाली ,सुर्खेत र बर्दियामा समेत ठूलो प्रदर्शन भएको थियो ।

मङ्सिर २७ गते लहानको पशुपति मा.वि. मा हुने बृहत् कार्यक्रममा सहभागी हुन सम्पुर्ण देशभक्त नागरिकहरुलाई अपील समेत गरिएको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक तथा “राष्ट्रिय नागरिक आन्दोलन २०७७” का उदघोषकर्ता एवं वरिष्ठ नेता डा. मनोज मुक्ति “विवेक” का अनुसार “जबसम्म यो ब्यवस्था ढल्दैन र यो संविधान खारेज भई नागरिकतन्त्र-जनतन्त्र सहितको राज-संस्था र वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना र नागरिक सरकार गठन नभएसम्म यो आन्दोलन जारी रहन्छ” ।

उक्त नागरिक सभाको प्रमुख नारा र वक्ताहरु यस प्रकारको रहेको छ,

सादर आमन्त्रित सादर आमन्त्रित सादर आमन्त्रित !!
नेपाल आमालाई माया गर्ने सम्पूर्ण राष्ट्र-भक्त आम मुक्ति कामी नागरिकहरुमा सार्वजनिक अपील !!

मंसिर २७ गते शनिबार ११:०० बजे लहानको पशुपति मा.वि. जाऔं !

राष्ट्रिय एकता र नागरिक सर्वोच्चता प्रदर्शन गरौं !!

जनतन्त्र, राज-संस्था र वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना गरौं !!

भ्रष्ट लूटतान्त्रिक गन्हाउनेतन्त्रको श्रद्धाञ्जली-सभामा सक्रिय सहभागिता जनाऔं !!

राष्ट्रभक्त नागरिक हुनुको कर्तव्य निर्वाह गरौं, राष्ट्र बचाउ अभियानमा स्व-स्फुर्त योगदान गरौं !!

अबको निकास “नागरिक सरकार” र देशको बिकासका लागि “नागरिक आयोग” को गठन गरौं !

आयोजक :-
सिरहा जिल्ला जन-परिचालन समिति
जनतान्त्रिक तराई मुक्ति मोर्चा
राष्ट्र बचाउ अभियान
राष्ट्रिय नागरिक आन्दोलन २०७७

मुख्य वक्ताहरु

१) प्रमुख अतिथि :- महान जनतन्त्रवादी क्रान्तिकारी समाजसेवी युवा नेता डाक्टर मनोज कुमार झा (डाक्टर मनोज मुक्ति “विवेक”)
(राष्ट्रिय अध्यक्ष जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियान तथा राष्ट्रिय नागरिक आन्दोलन समितिका वरिष्ठ केन्द्रिय नेतृत्व )

२) विशेष अतिथि :- वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने
(राष्ट्रिय संयोजक नेपालका लागि नेपाली अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन समिती)

३) विशेष अतिथि :- वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारी
(वरिष्ठ अभियानी तथा केन्द्रिय नेतृत्व नेपालका लागि नेपाली अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन समिति )