- नरेन्द्र महताे
गाैशाला महोत्तरीमा वुधवार स्कुल बसबाट विद्यार्थी खस्दा एक विद्यार्थीकाे घटना स्थलमा मृत्यु भएको छ । रामगाेपालपुर नगरपालिका विसपिटीकाे विद्यार्थीकाे मृत्यु भएकाे छ ।रामगाेपालपुर नगरपालिका वडा नम्बर ५मा रहेकाे जानकी युगान्तर इंगलिस बाेर्डिगं स्कुलकाे कक्षा ६मा पढने विद्यार्थीहरुले भनेअनुसार अन्दाजि १४ वर्षीय माेदसि शेख रहेकाे छ । विद्यालयमा छुटी भइसकेपछि रामगाेपालपुर नगरपालिका देखि गाेठ बनाैलि तिर विद्यार्थि लिएर जाने क्रममा पुलभन्दा पछाडी सडकमा बा ३ ख २३९७ नम्बरको बसबाट खसेकाे प्रत्क्षदर्शिहरुले बताएका छन ।
बसकाे मुख्य ढाेका खुलै रहेकाे र मृत्युक विद्यार्थी ढाेकानिर उभिरहेकाेले चालक ब्रेक लगाउँदा बसबाट खसेर घटना स्थलमै मृत्युु भएकाे छ । घटनालाइ देख्दा बसबाट खस्दा बसकाे पछाडीकाे चक्का शरिरमा चढेकाे र उहाकाे मृत्युभएकाे देखिएकाे छ। विद्यार्थीकाे मृत्यु भएकाे देख्दा चालक भागिरहेकाे अवस्थामा बाटाेमा हिडिरहेकाे बटुवाहरुकाे सहयाेगमा समातेर इलका प्रहरी कार्यालय रामगाेपालपुरकाे जिम्मा लगाइएकाे छ भन्ने घटनाबारे थप अनुसन्धान भइरहेको ईलाक प्रहरी कार्यालय रामगाेपाल पुर जनाएको छ ।
Discussion about this post