काठमाडौं : कोरोना महामारी फैलिएपछि बन्द रहेको ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आजदेखि खुल्न लागेको छ ।
आज देखि बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला रहने छ । तर एक व्यक्ति एक घण्टा भन्दा बढी बस्न नपाउने चिडियाखाना व्यवस्थापनले जानकारी दिएको छ । यस्तै बालबालिकाहरूलाई पनि खेलाउन नपाइने जनाइएको छ ।
चिडियाखाना अवलोकनकर्ता सबैले अनिवार्य मास्क लगाउनुपर्ने, भित्र बसेर खानेकुरा खान नपाइने र वन्यजन्तुलाई पनि खुवाउन र छुन नपाइने नियम लागु गरेको छ ।
यसै गरी टिकेट रेट विदेशीका लागि ७ सय ५० रुपैयाँ, सार्क राष्ट्रका पाहुनाका लागि पाँच सय रुपैयाँ, नेपालीका लागि १५० रुपैयाँ निर्धारण गरिएको छ ।तर नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकहरुले भने ९० रुपैयाँमै चिडियाखाना अवलोकन गर्न पाउनेछन् ।
चिडियाखाना प्रवेशका लागि अनलाइन टिकेटको व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण टिकेटमा डिजिटलाइजेशन गरिएको व्यवस्थापकको भनाइ छ ।चिडियाखानामा हाल ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् ।
Discussion about this post