काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।बिहिवार साँझ बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।
यस अघि मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो । सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो।
सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका थिए । गत मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको थियो ।
पोखरेल २०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका हुन ।
Discussion about this post