महोत्तरी : महोत्तरीमा डकैतीसँगै डकैती गरेका घरका व्यक्तिलाई हत्या गरेर फरार भएका एकजनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको मटिहानी गाउँपालिका–१ मटिहानी बजारबाट धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका– २ बस्ने ६२ वर्षीय पवन यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यादव लगायतका २०÷२२ जनाको समुहमा आएका शसस्त्र हतियारधारी डाँकाहरूको समुहले २०६१ साल भदौ २० गते राति १२ बजे महोत्तरीको तत्कालीन धिरापुर गा.वि.स मा डकैती गरेका थिए ।
प्रहरीका अनुसार वडा नं ९ तथा हाल मटिहानी नगरपालिका–३ बस्ने मो.मोवारक राईन, साबिक मटिहानी गा.वि.स.–९ हाल मटिहानी नपा– ८ बस्ने गौरीशंकर साह समेत ९ जनाको घरबाट नगद तथा विभिन्न गरगहना गरी करीव १० लाख बराबरको धनमाल डाका गरी लानुका साथै उनीहरुले धारीलो हतियार प्रहार गरी स्थानीय मोवारक राईन (कवाडी) को हत्या समेत गरेका थिए ।
Discussion about this post