MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

हप्तामा दुई दिन बिदाको सुझाव, एक अर्ब ६५ करोड बचत हुने

मधेशटप मधेशटप
२०७७ मंसिर २६, शुक्रबार १९:२९
घटस्थापनादेखि नै दसैं बिदा दिन सचिवहरूको सुझाव

काठमाडौँ : हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा विभिन्न शीर्षकका खर्च कटौती हुनेदेखि उत्पादकत्व वृद्धि हुनेजस्ता सकारात्मक प्रभाव पर्ने सरकारी समितिको निष्कर्ष छ । दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले यस्तो प्रावधानले सरकारको उल्लेख्य खर्च घटाउने हिसाब निकालेको हो ।

दुई दिन बिदा हुँदा इन्धन, विद्युत्, पानी तथा सरसफाइ, यातायात शीर्षकमा करिब १६ देखि २० प्रतिशतसम्म खर्च कटौती गर्न सकिने समितिले तयार गरेको प्रतिवेदनमा जनाइएको छ । ‘आव २०७७/७८ को बजेटमा सामान्य अनुमान गर्दा हप्तामा दुई दिनको सार्वजनिक बिदा दिने व्यवस्थाले वर्षभरिमा एक अर्ब ६४ करोड ९१ लाख रुपियाँ बचत हुने देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ ।

सुझाव तथा प्रतिक्रियाका लागि बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा दुई दिने बिदाले उत्पादकत्व बढ्ने, आन्तरिक पर्यटन प्रवद्र्धन हुने, लैङ्गिक समानता कायम गर्न सहयोग पुग्ने, व्यक्तिगत जीवन सन्तुलित हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यस्तो व्यवस्था मनासिव रहेको उल्लेख गरिएको छ ।

समितिले प्रतिवेदनमार्फत दुई दिने बिदा प्रस्ताव उपयुक्त हुने केही निश्चित कारण पनि पेस गरेको गरेको छ । नेपालमा एकात्मक परिवारको सङ्ख्या बढिरहेको र श्रीमान् श्रीमती व्यस्त रहने हुँदा काम तथा व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन, बालबच्चाको उचित रेखदेख तथा स्याहारसुसार गर्न नसक्ने व्यावहारिक कारण देखाइएको छ । त्यस्तै अधिकांश सेवा स्थानीय स्तरबाटै लिन सकिने भएकाले दुई दिन बिदाका कारण सेवाग्राहीले दुःख पाउने अवस्था नरहने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अन्तर्राष्ट्रिय अभ्यासलाई पनि उल्लेख गरिएको छ । विदेशमा पाँच दिनमा नै कर्मचारी र श्रमिकबाट ४० घण्टाको काम लिने र हप्तामा दुई दिन बिदा दिने प्रावधान रहेको उदाहरण पेस गरिएको छ तर नेपालमा ४० घण्टाकै कामका लागि कर्मचारी र श्रमिक हप्तामा छ दिन खटिँदा अनुत्पादक र खर्चिलो भएको ठहर गरिएको छ । त्यसैले दुई दिने बिदाले यातायात र इन्धनको उपयोगमा कटौतीसँगै केही मात्रामा कार्बन उत्सर्जनमा समेत कमी आई पर्यावरणीय सन्तुलनमा समेत मद्दत पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा शुक्रबार १०ः०० देखि ३ः०० बजेसम्म सञ्चालन हुने कार्यालयको समयलाई अन्य पाँच कार्यदिनमा एक÷एक घण्टाको दरले बढाइदिँदा सेवाग्राहीले अनावश्यक कुर्न नपर्ने र छ दिनमा हुने काम पाँच दिनमा सम्पन्न हुने तर्क पेस गरिएको छ ।

समितिले निजी क्षेत्रलाई यस्तो बिदा दिने प्रस्ताव लाभदायक हुने जनाएको छ । निजी क्षेत्रले यस प्रकारको प्रावधान कार्यान्वयन गर्दा घरभाडा बाहेकका अन्य सञ्चालन खर्च कटौती गर्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

Why Free Casino Games Online Is a Great Way For New Players to Understand the Gameplay

Paper Writing Service

The Benefits of Each Type of Casino Game

The Best Bitcoin Casino

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop