काठमाडौँ : आज सिरहाको लहानमा हिन्दु राष्ट्र, राजसंस्था र जनतन्त्र/नागरिकतन्त्र स्थापनाका लागि जनतान्त्रिक तराई मुक्ति मोर्चा र राष्ट्रिय नागरिक आन्दोलन २०७७ को अगुवाइमा आयोजित कार्यक्रमलाई बिथोल्न केही राष्ट्रघाती, देशद्रोही, देश बेचुवा, बिदेशी दलाल र मधेस लूटेराहरुले प्रयास गरेपनी जनलहर, जनआक्रोश तथा जनसमर्थन हेरेर पुर्णत: असफल भएका छन। विश्व ब्यापी लोकतान्त्रिक मूल्य र मान्यता अनुसार हामिलाई पनि बोल्ने र बिरोध प्रदर्शन गर्ने अधिकार छ। हाम्रो आवाज जुन अहिले जनआवज बन्दै गएको छ, कोहि कसैले कसैको इसारामा दबाउने प्रयास नगरिदिनको लागि हामी चेतावनी सहित आग्रह गर्दछौं।
इतिहास गवाह छ जनताको हुंकारको सामुने कुनै राष्ट्रघाती देशद्रोही तानाशाह टिक्दैन। सावधान। हाम्रो कार्यक्रम र जनताले उठाएका नाराबाट कोहि कसैलाई कुनै बिमती/आपत्ति छ भन्ने सडकमा आउनुस। जनता जनार्दन हो। तर कहि कतै हाम्रो कार्यक्रम नै बिथोल्नेगरि अनावश्यक टकराब तथा मुठ्भेडको स्थिति सृजना नगर्न हामी अपिल गर्दछौं।
कृपया आफनो कार्यकर्ता र लठैतलाई अनावश्यक निर्देशन नदिनु होला। स्थिति असहज र भयावह पनि हुनसक्छ। किनभने हाम्रो नियन्त्रणमा जनता छैन र हुदैन पनि। अहिले देश र जनताको मुड हिन्दु राष्ट्र र राजसंस्था र जनतन्त्र/ नागरिकतन्त्र स्थापनाका लागि हो। समयमै बुझौं। भ्रष्ट र दलाल नेताको झोले नबनौं। एउटा असल नागरिकको कर्तव्य निर्वाह गरौं। जय देश जय नरेश। जय जनता जय जनतन्त्र।
Discussion about this post