MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

गोलबजारमा अधिकांस स्वास्थ्य संस्था बिना दर्ता सञ्चालनमा

स्वास्थ्य संस्था बिना दर्ता सञ्चालनमा

मधेशटप by मधेशटप
२०७७ मंसिर २७, शनिबार १९:०५
0
गोलबजारमा अधिकांस स्वास्थ्य संस्था बिना दर्ता सञ्चालनमा

लहान, २७ मङ्सिर (मधेश टप) : सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा करिब एक दर्जन स्वास्थ्य संस्था अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । गोलबजार नगरपालिकाको स्वास्थ्य शाखाले हालै गरेको अनुगमनका क्रममा एक दर्जन अस्पताल तथा पोलिक्लिनिक बिनाअनुमति सञ्चालनमा रहेको फेला पारेको हो । अनुगमनका क्रममा १० वटा निजी स्वास्थ्य संस्था बिनादर्ता सञ्चालनमा रहेको र आठवटा नवीकरण नगराएको पाइएको नगर स्वास्थ्य शाखा सहसंयोजक पवन पञ्जियारले जानकारी दिनुभयो ।

गोलबजार–२ स्थित सत्यम् हेल्थ केयर तथा डाइग्नोष्टिक सेन्टर, माँ धमिनी डेन्टल क्लिनिक, हरि केयर क्लिनिकलगायतका स्वास्थ्य संस्था बिनादर्ता अवैधरूपमा सञ्चालनमा रहेको पञ्जियारले बताउनुभयो । यस्तै भूमिजा हस्पिटल, अजय कम्युनिटी डेन्टल अस्पताल प्रालि, एकता स्मृति पोलिक्लिनिक, सौरभ एण्ड कृष पोलिक्लिनिक, माँ धमिनी हस्टिल प्रालि, बेबी ल्याव, सगरमाथा मोडेल हस्पिटल प्रालिलगायतका स्वास्थ्य संस्था नवीकरणको प्रक्रियामा रहेको जनाएको छ ।

अनुगमनका क्रममा अवैधरूपमा सञ्चालित स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको उहाँको कथन छ । घुम्ती शौचालय उपयोगविहीन गोलबजार नगरपालिकाले दुई वर्षअघि खरिद गरेको घुम्ती शौचालय अझै उपयोगविहीन बनेको छ । गोलबजार क्षेत्रमा हुने सेवाग्राहीको भीडभाड र पैदल यात्रुको सुविधालाई दृष्टिगत गरी नगरपालिकाले रु २० लाखको लागतमा खरिद गरेको घुम्ती शौचालय नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीका कारण उपयोगविहीन बनेको हो । घुम्ती शौचालय प्रयोगमा नल्याउँदा बजारमा आउने सर्वसाधारण समस्यामा पर्ने गरेका छन् ।

गोलबजारका मुख्य चोक तथा हाटबजार क्षेत्रमा हुने सर्वसाधारणको सुविधालाई मध्यनजर गरी नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा दुईवटा घुम्ती शौचालय खरिद गरेको थियो । खरिद गरेको एक वर्षसम्म नगरपालिकाले सम्झौताअनुसारको डिजाइनमा घुम्ती शौचालय निर्माण नभएको भन्दै पटक–पटक फर्काउने र केही फेरबदल गरेर ल्याउने प्रक्रिया कारण दुई वर्षदेखि उपयोगविहीन बनेको नगर प्रमुख देवनाथ साहले जानकारी दिनुभयो । लामो समयदेखि थन्किएको शौचालयलाई आवश्यक सुधार गरी ठाउँ खोजेर सञ्चालनमा ल्याइने नगरप्रमुख साहको कथन छ ।

Previous Post

डोटीमा भूकम्पको धक्का कति रेक्टर?

Next Post

पर्सा निकुञ्जपूर्व पहिलो पटक पाटेबाघ फेला

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर २७, शनिबार १९:०५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर २७, शनिबार १९:०५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर २७, शनिबार १९:०५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर २७, शनिबार १९:०५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर २७, शनिबार १९:०५
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर २७, शनिबार १९:०५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति