MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

डोटीका ७९९ एचआइभी सङ्क्रमितले सेवन गर्दै एआरटी

मधेशटप by मधेशटप
२०७७ मंसिर २८, आईतवार ०८:५६
0
डोटीका ७९९ एचआइभी सङ्क्रमितले सेवन गर्दै एआरटी

डोटी । डोटीमा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ । जिल्लामा विगतका वर्षहरुमा एचआइभी सङ्क्रमित आफू सङ्क्रमित भए पनि रोग लुकाएर बस्ने गरेकामा अहिले भने खुल्न थालेको बताइएको छ ।

डोटीमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बर्सेनि घट्न थालेको पाइएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने डोटीमा सङ्क्रमित घट्न थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका कारण घरमा श्रीमतीमा पनि एचआइभी देखिने गरेको पाइएको छ ।

एआरटी सेवनका कारण आफूलाई निकै सहज भएको डोटीका सङ्क्रमित बताउँछन् । आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ जना एचआइभी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । उनले भने, “अर्थाभावका कारण सङ्क्रमितको दैनिक जीवनयापनमा समस्या परिरहेको भए पनि उनीहरुको उपचारमा उल्लेख्य प्रगति भएका कारण सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।” एचआइभी सङ्क्रमित बढी हुने क्षेत्रमा सुदूरपश्चिम प्रदेशको डोटी तेस्रो जिल्ला हो । पहिलो कैलाली तथा दोस्रो जिल्लाका रूपमा अछाम पर्दै आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार एचआइभीका कारण जिल्लामा १७२ जनाको मृत्यु भइसकेको छ ।

राज्यले एचआइभी सङ्क्रमितका सवालमा केन्द्रित रहेर अहिलेसम्म पनि खासै ठोस कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमित दुःखमा पर्ने गरेको सङ्क्रमितहरुको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमलादेवी मल्लले बताइन् । उनले भनिन्, “हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी सङ्क्रमितका समस्या जस्ताका तस्तै छन्, सङ्क्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।”

पछिल्लो समयमा देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी सङ्क्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको पूर्वीचौकी गाउँपालिकाका एचआइभी सङ्क्रमित रमा कँुवरले बताइन् । उनले भनिन्, “सङ्क्रमितले एआरटी सेवन गर्ने समयमा नियमित पौष्टिक आहार खानुपर्छ, हामीलाई दैनिक हातमुख जोर्न धौधौ छ, कहाँबाट पौष्टिक आहार खानु ।” जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघु उद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए । उनले भने, “एचआइभी सङ्क्रमित कति छन् भनेर खोजी गर्नुभन्दा पनि सङ्क्रमितलाई कसरी बचाउने र घटाउने भन्ने विषयमा ध्यान दिएर सबै संस्थाले काम गर्न जरुरी छ ।”

यहाँ एचआइभी सङ्क्रमणदर घट्दो क्रममा रहेको पाइएको छ । छिमेकी जिल्ला अछाममा आर्थिक वर्ष २०६५/६६ मा २२२, आव २०६६/६७ मा ९३, आव २०६७/६८ मा १३०, आव २०६८/६९ मा ९९, आव २०६९/७० मा ८६, आव २०७०/७१ मा ८१, आव २०७१/७२ मा ७३, आव २०७२/७३ मा ६६ र आव २०७३/७४ मा ६७ नयाँ एचआइभी सङक्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त तथ्याङ्कअनुसार अछाममा मात्रै हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् । डोटीलगायतका अन्य जिल्लामा पत्ता लागेका एचआइभी सङ्क्रमित पछिल्लो समय निकै कमी भेटिएका कारण पुरानै सङ्क्रमित दोहोरिएर आउने गर्नाले बिरामीको सङ्ख्या बढी भएको हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालयको दाबी छ ।

Previous Post

शिक्षा मन्त्रीद्वारा बालउद्यानमा वृक्षा रोपन

Next Post

डिजेल, पेट्रोल र मटितेलको मूल्य दुई रुपैयाँले बढ्यो

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर २८, आईतवार ०८:५६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर २८, आईतवार ०८:५६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर २८, आईतवार ०८:५६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर २८, आईतवार ०८:५६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर २८, आईतवार ०८:५६
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर २८, आईतवार ०८:५६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति