रुपन्देही । राजा ल्याउ देश बचाऔ भन्दै भैरहवामा बृहत प्रदर्शन भएको छ । भैरहवास्थित सिद्धार्थनगरका नागरिक अगुवा एवं समस्त नागरिकहरुको उल्लेखनीय सहभागीतामा गणतन्त्र विरुद्ध विशाल प्रदर्सन भएको हो ।
प्रदर्शनमा सहभागीले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,राजा ल्याउ देश बचाउ भन्दै नेपाललाई हिन्दु राष्ट्र घोषणाको माग गरे । उनीहरूले जनतन्त्र सहितको राजसंस्था र वैदिक सनातन हिन्दु-राष्ट्र स्थापना, नागरिक सरकार, नागरिक आयोग गठनको मार्ग प्रसस्त गनुपर्ने बताए ।
Discussion about this post